उदयपुर । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेसन नजिकिदै गर्दा उदयपुरमा चुनावी सरगम्री बढेको छ । नेपाली कांग्रेसको त्रियुगा नगर सभापतिको पदका लागि युवा नेता सुमन चौधरीको दिने भएको छ ।
‘‘त्रियुगा नगरमा काँग्रेसको नेतृत्व, युवा र सक्षम व्यक्तित्व’’ भन्ने नारा सहित सुमन चौधरीको युवा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएको छ । नगर काँग्रेसमा चौधरी यस अघि सचिव पद सम्हालि सकेका व्यक्ति हुन् ।
यस्तै नगर उपसभापतिमा उमेश कुमार बुढाथोकी र सर्मिला थापा (सबु) को नाम टुङ्गो लागेको छ । यस्तै नगर सचिवमा रुद्र प्रसाद पोखरेल र धन बहादुर कटुवाल (डिवी), नगर सह–सचिवमा नविन राई र किरण कोदारे दनुवारको उम्मेदबारी टुङ्गो लागेको नेविसंघका नेता रोशन कार्कीले जानकारी दिए ।
युवा अवस्थाका पाका र पुराना नेताहरुलाई सम्मान गर्दै युवा नेतृत्वले पार्टीमा अवसर पाउनु पर्ने नेता कार्कीले बताए । ‘सुमन चौधरीको नेतृत्व टिममा ५० वर्ष कटेका कोही पनि छैनन्, सवै जुझारु युवाहरु रहेकोले छ ।’ उनले भने, ‘अग्रजको बुढा पाकाको विचारसहित युवा नेतृत्वलाई अगाडी बढाउनु पर्नेमा यस टिम लागि परेको छ ।’
मसँग कुनै लोभ लालच केही नभएर जनताको सेवाको लागि राजनितीमा आएको नगर सभापतिका उम्मेदबार चौधरीले बताए । उनले भने, ‘मैले एक कार्यकाल नगर सचिव भई काम गरेको अवको नगरको नेतृत्व लिन आफु तयार रहेको छु र आगामी दिनमा नगरलाई कस्तो बनाउनु पर्छ त्यो हामी युवाको काँधमा दिनुस् ।’
कांग्रेसको नेतृत्वमा युवा पुग्नु पर्छ । यो युवाको पार्टी हो भनेर देखाउनुको साथै नगरमा कांग्रेसको उपस्थिति बलियो बनाउनको निम्ति कांग्रेसको १४औँ अधिवेसनको त्रियुगा नगरसभापतिको पदमा उम्मेदारि दिन लागेको चौधरीले बताए । उनले सबै नेता तथा कार्यक्रताहरुलाई आफुलाई सहयोग गर्न अपिल गरेका छन् ।
सुमन चौधरी त्रियुगा नगरको बर्तमान सचिव रहेको हुनाले सागठनिक रुपमा बलियो र जनमानासमा चर्चित र पछिल्लो समयमा बलिया उम्मेदारको रुपमा काँग्रेस वृतमा चर्चा छ ।
यता त्रियुगा नगर सभापतीमा प्रकाश कुमार खड्का समुहले बुधबार एक कार्यक्रमका विच उम्मेदवारी घोषणा गरेका छन् । खड्का प्यानलबाट उप सभापती पदमा निर बहादुर आलेमगर, गणिता कुमारी चौधरी सचिव पदमा केशव प्रसाद पौडेल, भविन्द्र राई सह सचिव पदमा फुलकुमारी अधिकारी (कल्पना) र अर्जुनकुमार राउत रहेको छ ।
नगर अधिवेशन भदौ २७ गते हुने भएको छ ।

तपाईको प्रतिक्रिया