उदयपुर । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी बैचारिक रुपमा अगाडी रहेको नव गठिक उदयपुरका अध्यक्ष राममणि पोखरेलले बताए । नेकपा एसको पदभार सम्हाल्दै अध्यक्ष पोखरलले सो कुरा बताए ।

पार्टीमा को कता लाग्यो भन्दा बैचारिक रुपमा नेकपा एस अगाडी रहेको र प्रतिगमनको मतियार केपी ओलीको गुटमा विचार नरहेको स्पष्ट पारे । २०१७ साल पुस १ गते राजा महेन्द्र शाहले कु गर्दा नेपाल कम्युनिष्ट पार्टीको महासचिव केशर जंग रायमाझी बहुमत थिए । रायमाझी दरबार पसेपछि २०७१ साल फागुन १७ गते भारतको दरभंगामा बसेको बैठकले पुष्पलाल, तुल्सीलाल अमात्य र मनमोहन अधिकारी छिन्नभिन्न भए ।

ओली पनि दरबार छिर्ने दाउमा रहेकोले उनले आरोप लगाए । प्रतिगामी सरकारका नाइके ओलीले पछिल्लो समय मठ मन्दिर चाहार्दैले पनि केपी ओली दरबार छिर्न खोजेको र ओली गुटका नेता महेश बस्नेतले दरबारको खुलेरै प्रशंसा गरेकोले यसले थप पुष्टी गर्छ । ओली माक्र्सवाद विर्सजनबादमा लागेकोले नयाँ पार्टी गठन गर्नु परेको हो ।
पाँच सात वर्षपछि महासचिव रायमाझीले नेतृत्व गरेको गुट हराएर गए त्यस्तै नेकपा एमालेको अध्यक्ष केपी ओली गुटगत तबरले पुस ५ गते आफ्नै घरमा आगो लगाए । ओलीले आफ्नै घरमा आगो लगाएका केही समयपछि ओलीका छोरा छोरीहरु चिल्लविल्ल भएर समाजवादीमा आउने अध्यक्ष पोखरेलले बताए ।

जिल्ला कमिटी अध्यक्ष पोखरेलले आउँदो ३ महिनाभित्र ७५ वटै वडामा पार्टी कमिटी पुनर्गठन गरिसक्ने प्रतिबद्धता जनाए । २६ वर्षपछि जिल्ला पार्टी नेतृत्वमा पुनः फर्केको बताउँदै ७५ वर्षिय बृद्ध पोखरेलले जिल्लाका ७५ वटै वडासम्म पार्टी संगठन निर्माण गरेर नेकपा (एस) लाई देशको १ नं. पार्टी बनाउने अभियान चलाउने बताए । उनका अनुसार पार्टी फुट्नुअघि एमालेमा ७७ जिल्लामध्ये माधव नेपाल समूहको ३४ जिल्ला एकल बहुमत र ४८ जिल्लामा बहुमत रहेकोमा धेरै साथीहरु ओलीको प्रतिगमनकारी कदम स्वीकार्दै लम्पसार परेको भए पनि अन्ततः एसमै समाहित हुन बाध्य हुने बताए ।

पत्रकार सम्मेलनमा नवगठिट पार्टीको उदयपुर जिल्ला कमिटीको अध्यक्षमा राममणि पोखरेललाई र सचिवमा जयराम पञ्जियारलाई चयन गरेको जानकारी दिइयो । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गएको पुस ५ गते पहिलो पटक संसद बिघटन गरेपछि गठित समानान्तर जिल्ला कमिटीलाई नै एकीकृत समाजबादीको जिल्ला कमिटीमा रुपान्तरण गरिएको नेकपा एसका प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले बताए ।

तपाईको प्रतिक्रिया