उदयपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको १८ औ मन्त्री परिषद विस्तारमा उपप्रधानमन्त्री नियुक्त भएका राजेन्द्र महतोले पदभार ग्रहण गर्दै गर्दा दिएको अभिव्यक्तिको एमाले निकट युवा संघले विरोघ गरेको छ । युवा संघ नेपाल.उदयपुरका अध्यक्ष ओम श्रेष्ठले शनिबार एक विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महत्तोलाई देश द्रोही करार गरि देश निकाला गर्न माग गरेको छ ।

श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गर्ने क्रममा नेपालमा बहुराष्ट्रिय राज्य प्राप्तिको लागि मुक्ति अन्दोलन गर्नु पर्ने भन्ने भनाई प्रति युवा संघ नेपाल, उदयपुर घोर भत्र्सना प्रकट गर्दै निलम्वन गर्न माग गरिएको छ ।

‘महत्तोको नागरिक्ता उपर छानविन गरि नेपालको कानून बमोजिम राज्य द्रोह अभिव्यक्ति दिएको कसुरमा देश द्रोही करार गरि देश निकाला गर्न समेत यो काम चलाउ सरकारलाई युवा संघ नेपाल, उदयपुरले ध्यानाकर्षण गराउँन चाहन्छ ।’

कामचलाउ सरकारले उपप्रधानमन्त्री महत्तोलाई नहटाए नेपाली जनताले कार्वाही गर्ने भन्दै विज्ञप्तिमा भनिएको छ ‘ कामचलाउ सरकारले अवश्यक कारवाही नगरे नेपाली जनताले कारवाही गर्ने र त्यसको जिम्मा सरकारले नै लिनु पर्ने कुराको समेत यसै प्रेश विज्ञप्ती मार्फत युवा संघ नेपाल, उदयपुर सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।’

तपाईको प्रतिक्रिया