उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका ११ का प्रयत्नशील युवा समुहले मन्दिर सरसफाई कार्यक्रम गरेको छ । प्रयत्नशील युवा समुह, मन्दिर ब्यावस्थापन समिति सहितका टोलीले ढिम्कि मन्दिर परिसरमा गमलामा फुल रोप्नेदेखि मन्दिर परिसर सरसफाई गरेको छ ।
विगत केही समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाले छोटो समयमै सडक सचेतना लगायतका कार्यक्रममा सक्रियता देखाएको छ । आगमी दिनहरूमा अझै शसक्त रुपमा काम गर्दै जाने अध्यक्ष नविन कार्कीले बताए । मंगलबार विहान सुरु भएको सरसफाइ कार्यक्रममा मन्दिर व्यवस्थापनका अध्यक्ष बसन्त बस्नेत लगायत सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि विद्यार्थी समाजसेवी बुद्धिजीवी पत्रकार समेतको बाक्लो उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया