उदयपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी जवान शम्भु थापा १ नं. प्रदेशको उत्कृष्ठ ट्राफिक प्रहरी घोषित भएको छ । प्रदेश नं. १ ले सार्वजनिक गरेको उत्कृष्ठ प्रहरी जवानको सूचीमा थापा पनि पर्न सफल भएको हो ।

गत मंसिर ९ गते त्रियुगा नगरपालिका ७ चुहाडे स्थित नम्बर नखुलेको टिप्परले स.५प ३१२७ नं.को मोटर साइकललाई ठक्कर दिई मोटर साइकलको पछाडी सवार सोही वडा वस्ने वर्ष १७ को सुमन राईको घट्ना स्थलमै मृत्यु भएको घटनामा संलग्न भई फरार बा.३ख ६११५ नं.को टिप्परलाई सोहि दिन रातको १२ बजे २ नं. प्रदेशको कदमहाबाट नियन्त्रणमा लिई सफल असुन्धान गरी उल्लेखनिय भूमिका निर्वाहा गरेको भन्दै मंसिर महिनाको उत्कृष्ठ ट्राफिक प्रहरी घोषित भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेश चौधरीले जानकारी दिए ।
मंसिर २४ गते विहान ८ः४५ बजे त्रियुगा नगरपालिका वडा नं. ११ गाईघाट बिपी चौक सरोज बस्नेतको घरमा विद्युत सर्ट भई लागेको आगलागि नियन्त्रणको लागि तत्काल टेलिफोन सम्पर्क गरी त्रियुगा नगरपालिकाको दमकललाई बोलाई स्थानीयहरुको सहायतामा आगोलाई नियन्त्रणमा लिई अन्दाी ३ करोडसम्मको जनधनको क्षति हुनबाट बचाउन उल्लेखनिय भूमिका निर्वाहा गरेकोले समेत उनलाई मंसिर महिनाको उत्कृष्ठ ट्राफिक प्रहरी घोषित गरेको हो ।
गाईघाट बजार एरियामा ट्राफिक जनचेतनामुलक होर्डिङ्ग बोर्डहरु राख्नमा सरोकारवाला निकायसंग सहकार्य गरी उचित स्थानमा बोर्डहरु राख्नमा उल्लेखनिय भुमिका निर्वाहा गरी ट्राफिक प्रहरी प्रतिको आफ्नो जिम्मेबारी पूर्णयता बफादार, ईमान्दारी एवं कर्तव्यनिष्ठ भई निर्वाहा गरेकोले निजलाई मंसिर महिनाको उत्कृष्ठ ट्राफिक प्रहरी घोषित गरिएको हो ।

तपाईको प्रतिक्रिया