उदयपुुर, जिल्ला प्रहरी कार्यालय उदयपुर र राष्ट्रिय अपाङ्गता साँस्कृतिक प्रतिष्ठानको आयोजनामा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि सांस्कृतिक चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाईघाटमा विशाल बजार अगाडी सवारी दुर्घटना न्यूनिकरणका लागि विविध साँस्कृतिक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
साथै कार्यक्रममा ट्राफिक नियमको पालना गर्न सवारी चालक, सडक प्रयोगकर्ता सर्वसाधारणलाई अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय उदयपुरका इन्चार्ज दिनेश कुमार चौधरीले जानकारी दिए । उनका अनुसार गाईघाटमा दिन दिँदै सवारी साधनको चाप बढी रहेको र सर्वसाधारणको संख्यामा वृद्धि भएकोले यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय अपाङ्गता साँस्कृतिक प्रतिष्ठान, यातायात व्यवसायी संघ संस्था, चालक तथा सहचालक, सर्वसाधारण, स्थानीय बुद्धिजिवी, पत्रकार लगायत ट्राफिक प्रहरीको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया