उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका– ११ गाईघाट बजारस्थित बजाज कम्पनीको आधिकारिक डिलर कालिका अटो लिङ्गक प्रा.लि. ले बिना लगानी स्वरोजगार बन्न चाहनेहरुका लागि अटो रिक्सा उपलब्ध गराउने नयाँ कार्यक्रम ल्याएको छ । कम्पनीले युवा लक्षित कार्यक्रम अन्र्तगत बैदेशिक रोजगारमा जान लागेको र जान चाहेहरुलाई मध्ये नगर गरि स्वदेशमा नै स्वरोजगार हुने कार्यक्रम ल्याएको कालिका अटो लिङ्गक प्रा.लि. का मेनेजर उद्धब अधिकारीले जानकारी दिए ।
कम्पनीले दैनिक ७५० रुपैयामा रिकण्डिसन टेम्पोहरु उपलब्ध गराउन लागेको जानकारी दिए । यसरी दैनिक ७५० रुपैयाका दरले १८ महिना सम्म किस्ता तिरि सकेपछि अटो रिक्सा टेम्पो उसलाई नाम सारी गरि दिने ब्यवस्था रहेको बताए ।
कम्पनीले नयाँ बजाजको आरईको खरिदमा २० लाखको दुर्घटना बिमा र ५ लाखको स्वास्थ्य बिमा निःशुल्क गरि दिने ब्यवस्था रहेको जनाए । कम्पनीले शुन्य लगानीमा अटो रिक्सा उपलब्ध गराएपछि पक्कै पनि स्वरोजगार बन्न चाहने युवाहरुका लागि खुसि हुने बिश्वास रहेको बताए । यसले गर्दा बिना लगानी दैनिक ४ सय देखि १ हजार रुपैया सम्म कमाउन सकिने मेनेजर अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया