उदयपुर । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि उदयपुरको सदरमुकाम गाईघाट लोकतान्त्रिक चोकमा दिप प्रज्ज्वलन गरिएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल नेपाल समूहका सचिव इश्वरमणि राउतको अगुवाईमा युवा विद्यार्थी, महिला, किसान, पत्रकार, मजदुर लगायतले दीप प्रज्ज्वलन गरेका हुन् ।
यस्तै, त्रियुगा नगरपालिका वडा नं. ३ मोतिगडामा पनि नेकपा दाहाल(नेपाल समूह युवा, विद्यार्थी, पार्टी सदस्य लगायतले पनि सर्वोच्चको निर्णयलाई स्वागत गर्दै दीप प्रज्ज्वलन गरेको छ ।
यस्तै नेकपा दाहाल नेपाल समूहका अध्यक्ष विनोद कटुवाल (दिवस) को अगुवाईमा कटारी नगरपालिकामा पनि दीप प्रज्ज्वलन गरिएको छ ।
यस्तै बेलका नगरपालिकाको रामपुर बजार, चौदण्डीगढी नगरपालिकाको बेल्टार, लिम्चुङबुङ गाउँँपालिकामा पनि दीप प्रज्ज्वलन गरिएको छ ।












