उदयपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियू उदयपुरले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आधा घण्टा चक्का जाम गरेको थियो । उनीहरुले त्रियुगा बहुमखी क्याम्पस गेट अगाडीको गाईघाट कदमहा सडक खण्ड अवरुद्ध गरेर चक्काजाम गरेका हुन् ।
विरोध प्रदर्शनमा अनेरास्ववियूका कार्यकर्ताहरुले मुल्य वृद्धि फिर्ता गर, ’जनतालाई मुल्यव्रिद्धीको मारमा पार्न पाइदैन’ मुल्यवृद्धि हैन भ्रस्टाचारलाई कारबाही गर जस्ता नारा लगाएका थिए ।
विरोध कार्यक्रममा पछिल्लो समय देशमा बढ्दै गएको बलात्कारको घट्नाको विरोधमा समेत अनेरास्ववियूका कार्यकर्ताहरुले बलात्कारीलाई फासीको सजाय माग्दै नारा लगाएका थिए ।विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू जिल्ला संयोजक बिमल कार्कीले भ्रष्ट सरकारले जनताको ढाड सेक्ने गरि मुल्यवृद्धी गरेको भन्दै यो फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताए ।
चक्काजामका क्रममा प्रदर्शनकारीहरुले पेट्रोलियममा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका थिए । उनीहरुले पेट्रोलियममा गरिएको मूल्य वृद्धि विरुद्ध चक्का जाम गर्नु परेको कार्कीले जानकारी दिए । सरकारले गत मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । नयाँ मूल्यअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेलरमट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ ।May be an image of 4 people, people standing and outdoors

 

 

 

तपाईको प्रतिक्रिया