उदयपुर । सामसुङ ब्रान्डका तीन वटा नयाँ मोडलका मोवाइल आइतबार गाईघाटमा आई पुग्यो । विश्वभर स्मार्टफोन ब्रान्डको रुपमा रहेको सामसुङका एस २१, एस २१ प्लस र एस २१ अल्ट्रा तीन वटा मोडलका मोवाइल सेट उदयपुरको आधिकारिक विक्रेता कालिका सप्लार्य एण्ड ट्रेडर्सद्वारा संचालित साामसुङ प्लाजाले प्रि–बुकिङ शुरुवात गरेको हो ।
उदयपुर मोवाइल व्यवसायी संघका अध्यक्ष कोषराज दाहाल (कौशल) लगायत मोवाइल व्यवसायीहरुको उपस्थितीमा फोन सार्वजनिक गरिएको थियो ।
फोन प्री बुकिङ गरिएकोमा विभिन्न अफर रहेको थियो । एस २१ अल्ट्रा मोवाईल सेटको बजार मुल्य १ लाख ५४ हजार ९९९ रहेको बताए । १२ र २५६ जिवी मेमोरी रहनुका साथै पाँच हजार एमएच ब्याक्ट्री पावर रहेको सो फोनको १०८ र फ्रन्ट क्यामेरामा ४० मेघापिक्चल क्यामेरा रहेको छ । यस सेटमा अन्य सेट भन्दा एसपेन सर्पोट गर्ने र १०० टाइम जुम गर्न मिल्ने प्रविधि जोडिएको छ ।
एस २१ प्लस फोन सेटको बजार मुल्य १ लाख २९ हजार ९९९ पर्नेछ । उक्त सेटमा ८ र २५६ जिवी मेमोरी रहनुका साथै ६४ र फ्रन्ट क्यामेरा १० डोयल पिक्चल क्यामेरा रहेको छ । त्यस्तै, एस २१ मोवाइल सेटको मुल्य भने १ लाख ९ हजार ९९९ रहेको छ । उक्त सेटमा ८ र २५६ जिवी मेमोरी रहनुका साथै ६४ र १० डोयल पिक्चल क्यामेरा रहेको छ ।
देशभर एकैसाथ तीनवटा मोडेलमा मोवाइल सेट सार्वजानिक भए संगै उदयपुरमा पनि सार्वजानिक गरिएको कालिका सप्लार्य एण्ड टे«डर्सद्वारा संचालित सामसुङ प्लाजाका संचालक सुनिल ठाकुरले बताए । सामसुङका एस २१ सेरिजका मोवाइल उदयपुरका जुनसुकै मोबाइल पसलमा उपलब्ध रहेको छ ।

तपाईको प्रतिक्रिया