उदयपुर । नेकपा प्रचण्ड–माधव समूहले बिहिबार गरेको देशव्यापी आमहड्ताल उदयपुरमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । दिनभर उदयपुरको सदरमुकाम गाईघाटका मुख्य मुख्य चोकहरुमा बन्दकर्ताहरुको बाक्लो उपस्थितीमा बन्द गराउँदै हिडेका थिए ।बन्दका कारण सदरमुकाम गाईघाट, कटारी, बेलटार र रामपुरका बजार, पसल, स्कुल क्याम्पसहरु सबै बन्द भएका छन् भने लामो तथा छोटो दूरीका यातायात ठप्प भएका छन् । आम हड्ताल सफल पार्न प्रमा समूहका नेता कार्यकर्ता तथा भातृ भगिनी संगठनमा आबद्ध कार्यकर्ता बजारका बिभिन्न चोक र सडकमा परिचालन भएका छन् । ठूला साना गाडी कतै नचले पनि प्रेस, एम्बुलेन्स, अस्पताल र बिहेका गाडी निर्वाध खुला छाडिएका छन् । मोटरसाईकल फाटफुट चलेका छन् भने विहान फाटफुट चलेका तीनपाङ्ग्रे अटो केही रिक्साका चावी खोसेपछि मध्यान्हदेखि ती पनि पूर्णरुपमा बन्द भएका छन् । बन्दले गर्दा कर्मचारी र आवश्यक काम परेका सर्वसाधारण साईकल र पैदलयात्रामा निस्केका थिए । 

यस्तै जिल्लाको प्रमुख बजारमा पनी बन्दलाई सम्पन्न गर्न नेकपा कार्यकर्ताहरुको उपस्थिती रहेको जनाइएको छ । हड्तालका कारण कटारी, रामपुर र बेल्टारमा पनि कुनै खालको तोडफोड, झडप जस्ता घटनाहरु नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै नेकपाले साँझ पिपलचोकमा कोणसभा गरी हड्ताल सफल भएको जनाएको छ । कोणसभामा बोल्दै नेकपा सचिव इश्वरमणी राउतले आजको बन्दलाइ ब्यापारी, व्यवसायी, कर्मचारी, विद्यार्थी, सर्वसाधरण, सुरक्षा, यातायात, शिक्षक, नागरीक समाज, बुद्धिजिवि, पेशाकर्मी सबैको समर्थन जनाएका कारण शान्तिपुर्ण तरिकाले सम्पन्न भएको बताउनुभयो ।
नेता राउतले बन्दलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण क्षेत्रलाइ धन्यबाद ब्यक्त गर्दै ‘एक व्यक्ति केपी ओलीको कारणले संविधानको मर्म भावनालाई लत्याएर संसद विघटन गरी जनताहरुलाई दुख दिईरहेको छ । यस्तो तानाशाह प्रवित्ति भएको व्यक्तिको स्वइच्छाचारीलाई जनताहरुले आन्दोलनकै माध्यमबाट समाप्त गर्ने छ । त्यसको लागि सवैको साथ सहयोगले अगाडी बढ्नु पर्ने छ ।’

तपाईको प्रतिक्रिया