उदयपुर । आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् । बुधबार साँझ उदयपुरको ठाउँ ठाउँमा नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् । सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।
नेकापा प्रचण्ड–माधव समूहले गाईघाटमा भोली हुने नेपाल बन्द आम हड्तालको समर्थनमा बुधबार बेलका राँके जुलुस प्रदर्शन गरेको छ । युवा, विधार्थी र पार्टीको कार्यकर्ता सहित गाईघाटको टाउन होटल देखि पिपलचोक सम्म विरोध केपी ओलीको मुर्दावाद नारामा सहित राँके जुलुस प्रदर्शन गरेको हो ।No description available.जुलस प्रदर्शनमा सहभागी भएका नेकपाका नेता तथा प्रचण्ड–माधव समूह उदयपुरका सचिव ईश्वरमणी राउतले केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक र स्वइच्छाचारीको अन्त्य गर्न विहिबार हुने बन्दलाई सबैले समर्थन गर्न अनुरोध गरेको छ । यो सरासर नेपाली जनताहरुमा धोका हुने काम भएको भन्दै यसलाई सच्याउनको निम्ति आफुहरुले सडक बाटै अनुरोधका लागि यो कदम चाल्नु परेको सचिव राउतले बताए ।
प्रहरी र प्रदर्शनकारी विच केही समय मलास खोसाखोस समेत भएको थियो । साथै चौदण्डीगढी नगरपालिकाको बेल्टार, बेलका नगरपालिकाको रामपुर बजार र कटारी नगरपालिकाको कटारीमा प्रचण्ड नेपाल समूहले राँके जुलुस निकालेको सचिव राउतले जनाएको छ ।

तपाईको प्रतिक्रिया