उदयपुर । उदयपुरको बेलका नगरपालिकाका ४ सल्लाहकारद्वारा राजीनामा दिएका छन् । सल्लाहकारहरु क्रमशः मनोज तामाङ, रमन भट्टराई, उदय अधिकारी र गंगासरी राईले संयुक्त विज्ञप्ती जारी गरी राजिनामाको घोषणा गरेको हो ।
केपी शर्मा ओलीको पौष ५ गतेको गैर संवैधानिक कदम र देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाबाट प्रतिगमनलाई पक्षपोषण गरेको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् । नेकपाको विद्यान हित विपरित गतिविधि गरेको तथा कम्युनिष्ट आन्दोलनमै आँच पुग्ने गरी गतिविधिमा समेत संलग्न भएको भन्दै सल्लाहकारहरुले सामूहिक राजीनामा दिएका हुन् ।
यस्तै प्रतिगमनलाई मलजल पुग्ने गरी कुनै पनि गतिविधिमा संलग्न नहुन समेत आम पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई अपिल गरेको छ ।
राजीनामा दिने सवै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरका जिल्ला कमिटी सदस्य हुन् । भने तामाङ बेलका नगर कमिटी अध्यक्ष पनि हुन् ।









