उदयपुर । नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का सचिव तथा प्रेस संगठनका केन्द्रीय सदस्य हरि कुमार राईले प्रदेश नं. १ का प्रदेश सहसंयोजक पद अस्विकार गरेको छ । राईले एक विज्ञप्ती जारी गर्दै प्रेस संगठन प्रदेश नं. १ को सह संयोजक पद अस्विकार गरेको जनाएको छ ।
राईले विज्ञप्तीमार्फत मलाई नसोधी, एकपक्षीय रुपमा सहसंयोजक राखिएको हुनाले मेरो स्वतन्त्रतामाथि हनन् भएको महशुह गरेको छु । म उक्त संगठनको प्रदेश १ को सहसंयोजक नरहेको र स्विकार नगरेको सवैमा जानकारी गराउदछु । विज्ञप्तीमा जनाएको छ ।
माघ ८ गते सम्पन्न ओली निकट प्रेस संगठनको दोस्रो भेलाले विद्यान संशोधन गर्दै ३ सय ५१ केन्द्रीय सदस्य रहने व्यवस्था गरेको थियो । सो भेलाले केन्द्रीय कमिटी, आयोग, प्रदेश÷जिल्ला कमिटीको विस्तार र जिम्मेबारी हेरफेर गर्ने अधिकार केन्द्रीय संयोजकलाई प्रत्यायोजन गरेअनुरुप प्रदेश नं. १ का सहसंयोजकमा हरि कुमार राईलाई चयन गरेको विशेष सर्कुलर मार्फत जनाएको थियो ।









