उदयपुर । प्रतिगमन कदमको विरोधमा विराटनगरमा हुने विरोध सभामा उदयपुरबाट ४ हजार बढी जाने अनुमान गरिएको छ । उदयपुरको ८ वटै पालिकाबाट बस, स्कारपिओ, सुमो लगायत मोटर साइकलमा पनि सहभागी जनाउने भएको छ ।
विराटनगरमा हुने विरोध सभामा उदयपुरबाट ५७ वटा बस तयारी अवस्थामा रहेको छ । बेलका नगरपालिकाबाट ११ वटा, चौदण्डीगढी नगरपालिकाबाट १२ वटा, त्रियुगा नगरपालिकाबाट २२ वटा, रौतामाई गाउँपालिकाबाट ३ वटा, लिम्चुङबुङ गाउँपालिकाबाट २ वटा, उदयपुरगढी गाउँपालिकाबाट २ वटा, कटारी नगरपालिकाबाट ४ वटा र ताप्ली गाउँपालिकाबाट १ वटा बस जाने भएको नेपाल कम्युनिष्ट पार्टी सचिव इश्वरमणि राउतले जानकारी दिए । सचिव राउतका दुर्गम पालिकाबाट कार्यकर्ता भएपनि पहाडबाट झार्न र फेरी पुर्याउन एक दिनको ठाउँमा दुई दिन लाग्ने भएकोले त्यसलाई मध्यनगर गरिएको बताए । एक दिनमा सहजै ओहोर दोहर गर्न सक्ने ठाउँबाट बसको व्यवस्था गरिएको सचिव राउतले जनाएको छ । यस्तै स्कारपिओ, सुमो लगायत साना सवारी साधन अन्दाजी ५० वटा जाने भएको छ भने युवा विद्यार्थीहरु करिव ५ सय मोटर साइकल जाने योजना रहेको नेकपा जिल्ला कमिटी सदस्य हेम खड्काले जानकारी दिए । उनका अनुसार युवा विद्यार्थीहरु मोटर साइकल र्याली सहित विरोध सभामा सहभागी हुने जनाएको छ ।
यस्तै कर्मचारी, जनवर्गिय संगठनहरु पनि आ–आफ्नो तरिकाले विरोध सभामा सहभागी हुने जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनको बिरोधमा देशभर बिरोध भइरहेको छ । यसै क्रममा बिराटनगरको जनाआन्दोलन चौकमा शुक्रबार मध्यान्ह १२ बजे देखि सुरु हुने जनाइएको छ ।
प्रधानमन्त्री वलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि ओलीको कदम असंवैधानिक भएको ठहर गर्दै अन्य राजनीतिक दलले पनि बिरोध जनाई रहेको छ ।
नेकपा उदयपुरको जिल्ला कमिटीमा ३३ जना मात्रै ओली पक्षमा खुलेको छ भने १ सय २४ जना जिल्ला कमिटी सदस्यहरु प्रचण्ड नेपल पक्षमा खुलेको छ । यस्तै नेकपाबाट विजय भएका ७ पालिका प्रमुखमा प्रचण्ड नेपाल पक्षमा ५ जना र ओली पक्षमा २ जना मात्रै छ । नेकपाबाट विजय ४७ वडाध्यक्षहरु मध्ये ६ जना मात्रै ओली पक्षमा खुलेको छ भने ४ जना वडाध्यक्ष तटस्थ देखिएको छ र बाँकी ३७ जना वडाध्यक्ष प्रचण्ड नेपाल पक्षमा खुलेका छन् ।

 

तपाईको प्रतिक्रिया