डिएन चौधरी, उदयपुर / स्थानीय तहमा महिलाहरुको भूमिका कसरी बलियो वनाउन सकिन्छ भन्ने विषयमा महिलाको मुद्धामा सार्वजनिक सरोकार विषयक अन्तरक्रिया सम्पन्न भएको छ । उदयपुरको गाईघाटमा भएको छलफल कार्यक्रममा महिलाहरुलाई स्थानीय तहमा काम गर्ने वातावरण अझै नभएको सहभागी महिलाहरुले बताएका थिए ।
महिलाहरुलाई राज्यको समन्वयकारी भूमिकामा मात्र रहने अवसर दिँदा प्रयाप्त मात्रामा महिलाको क्षेत्रमा काम गर्न नसकेको स्थानीय तहका महिला जनप्रतिनिधीहरुले गुनासो गरेका छन् । स्थानीय तहको संरचना पश्चात डेढ वर्षसम्म प्रमुखको अनुपस्थितिमा उपप्रमुखहरु सहभागी हुनुपर्दा खुम्चिएर बस्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो थियो । महिलाको हक अधिकार, महिलाको आर्थिक, सामाजिक र राजनैतिक रुपमा सशक्त बनाउन संस्थागत रुपमा अगााडी बढ्न सवैलाई आग्रह गर्नु पर्ने जिल्ला समन्वय समितिका सह संयोजक गंगा राईले बताईन् ।
त्यस्तै कार्यक्रममा त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले आफ्नो पहलमा महिलाको क्षेत्रमा स्वयम् सेविकादेखि महिला सामाजिक परिचालिका र बाल वचाउँ अभियान, अपाङ्गता, महिलाको लागि सिपमुलक आयमुलक तालिमसम्मको बजेट विनियोजन गर्न सफल भएको बताईन । उपमेयर चौधरीका अनुसार महिलाको लागि जस्तोसुकै परिस्थितीको पनि सामना गर्न तयार रहेको बताईन् । उनका अनुसार जसको शक्ति उसको भक्ति नगरि महिलाहरु एकजुट भएर अगाडी बढ्न आग्रह गरिईन् ।
कार्यक्रममा छलफल पछि आएका मुद्धाको प्रदेशका महिला सांसदहरुले सम्वोधन गरेका थिए । कार्यक्रममा सहभागी प्रदेश सांसद अम्बिका थापा, सञ्जा दनुवार र सुनिता चौधरीले छलफलमा उठेका महिला मुद्धाको बारेमा प्रदेशमा लैजाने बताएकी थिईन् । उनीहरुले प्रतिवद्धता जनाउँदै महिला माथि हुने हिंसा देखि समस्यालाई आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताईन । कार्यक्रमको आयोजना संकल्प प्रदेश नं. १ ले गरेका थिए ।









