काठमाडौं । विश्वको लोकप्रिय सामाजिक संजाल हो, फेसबुक । आज हरेक मानिसहरु एक अर्कामा जोडिन फेसबुक चलाउने गर्छन् । फेसबुकाले टाढा रहेका प्रियजनहरुलाई एकै ठाउँमा जोड्ने काम गर्दछ । तर पछिल्लो समय यसको दुरुपयोग गर्नेको संख्या बढ्दो छ । पछिल्लो समय फेसबुकमा डाटा लिक तथा ह्याकिङ्गका घटनाले फेसबुकको सेक्योरिटी तथा प्राइभेसी नीतिमाथि प्रश्न नै खडा गरेको छ । प्रयोगकर्ताहरुले फेसबुकमा आफ्नो सुरक्षा र गोपनियतालाई लिएर चिन्ता समेत व्यक्त गर्दै आइरहेका छन् ।प्रयोगकर्ताले आफ्नो फेसबुक वा अन्य सामाजिक संजाल ह्याक नहोस् भनेर विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । आफ्नो फेसबुक र अन्य सामाजिक संजालको अकाउन्ट सुरक्षित राख्नका लागि तल उल्लेख गरिएका कार्यहरू गर्नुहोस् :

१. आफ्नो पासवर्ड सधैं गोप्य राख्नुहोस्

पासवर्ड राख्दा अधिकांस प्रयोगकर्ताले सजिलैसँग सम्झन सकिने र, अरु व्यक्तिहरूले सजिलैसँग अनुमान लगाउने सक्ने प्रकारका पासवर्डहरू राख्ने गरेको भेटिन्छ । यस्ता सजिलै अनुमान लगाउन सकिने पासवर्डको प्रयोग गर्दा प्रयोगकर्ताले आफ्नो अनलाइन गोपनियता र संबेदनशील डेटाहरूलाई जोखिममा राखिरहेका हुन्छन । त्यसैले निकै धेरै प्रचलनमा आएको पासवर्डहरू प्रयोग नगर्नु उचित हुन्छ । हरेक प्रयोगकर्ताको पासवर्ड सकेसम्म बेग्लै हुनुपर्छ र साधारण व्यक्तिले सजिलै अनुमान लगाउन नसक्ने प्रकारको हुनु पर्छ ।

२. दुई कारक प्रमाणीकरण सुचारु गर्नुहोस्

दुई कारक प्रमाणीकरणको ( Two-Factor Authentication ) प्रयोगले अकाउन्टहरू निकै सुरक्षित हुने गर्दछन् । फेसबुकमा दुई कारक प्रमाणीकरण सुचारु गर्नका लागि Security and Login Settings मा गएर Use Two-Factor Authentication भन्ने विकल्प चयन गर्नुहोस् ।

दुई कारक प्रमाणीकरण सुचारु गरेपछि कुनै पनि नयाँ स्मार्टफोन वा कम्प्युटरमा फेसबुक लग इन गर्ने समयमा तपाईंको फेसबुकमा दर्ता भएको नम्बरमा एउटा कोड पठाउछ । उक्त कोडलाई फेसबुकमा हानेपछि मात्र फेसबुकमा लग इन गर्न सकिनेछ ।

३. हालै प्रयोगमा आएको इमेल र मोबाइल नम्बरबाट मात्र फेसबुक प्रयोग गर्नुहोस्

हालमा प्रयोगमा नआएका इमेल र मोबाइल नम्बरबाट आफ्नो फेसबुक अकाउन्ट चलाउनु हुँदैन ।तपाईंको पुरानो नम्बर जारी गरिएको नयाँ व्यक्तिले सजिलैसँग Forgot Password भन्ने विकल्पको प्रयोग गरेर तपाईंको पासवर्ड रिसेट गर्नसक्छ । य

४. सार्वजनिक र अन्य कुनै व्यक्तिको कम्प्युटरबाट सधैं लग आउट गर्नुहोस्

सार्वजनिक कम्प्युटरहरू, जस्तै साइबरमा, फेसबुक वा कुनै पनि अरु सामाजिक संजाल प्रयोग गरेपछि लग आउट गर्ने बानी बसाल्नुहोस् । यसै गरी कहिले पनि धेरै व्यक्तिले प्रयोग गर्ने कम्प्युटरमा पासवर्ड सेभ नगर्नुहोस् । अरु कसैको कम्प्युटरबाट आफ्नो सामाजिक संजाल प्रयोग गर्न जाँदै हुनुहुन्छ भने Incognito / Private Window खोलेर चलाउनु उचित हुन्छ । इनकगनिटो मोडमा प्रयोग गर्दा तपाईंको इन्टरनेट प्रयोगको इतिहास र पासवर्ड केही पनि ब्राउजरमा सेभ गरिएको हुँदैन । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया