उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका उपमेयर सहित ३ जनामा कोरोना पुष्टि भएको छ । शनिबार २ जना फ्लोअप सहित १० जनाको स्वाब संकलन गरी नोवेल मेडिकल कलेज विराटनगर पठाएकोमा उपमेयर रिता कुमारी चौधरी सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि हुनेहरुमा ३५ वर्षिय उपमेयर रिताकुमारी चौधरी, ३५ वर्षिय उपमेयरका चालक र एक १८ वर्षिय युवक पनि कोरोना संक्रमण पुष्टि भएको चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक तेजबहादुर पोखरेलले जानकारी दिए । १८ वर्षिय युवकको बुबामा कोरोना संक्रमण देखिएपछि उनलाई पनि कोरोना देखिएको हो ।
उपमेयर चौधरीलाई गत शुक्रबार एक्कासी थकान भई ज्वरो आएपछि शनिबार स्वाब दिइएका थिईन् । अहिले उनको अवस्था सामान्य छन् ।
उपमेयर चौधरीका अनुसार आफु जनताको कामकै शिलशिलामा कोरोना संक्रमण भएको बताईन् । स्थानीय सरकार उपप्रमुख भएकाले मैले पनि स्वास्थ्य मापदण्ड पालना गर्दै र दुरी कायम गर्दै नगरपालिका भित्रका काम कारवाही र जनताका दुख सुखमा संगसंगै साथ दिंदै गईरहँदा कोरोना संग मिल्दोजुल्दो लक्षण देखिन थालेपछि म शनिबार स्वाब दिएको बताईन् ।
उनीहरु अहिले अहिले चौदण्डीगढी नगरपालिका ६ सातघारे स्थित उदयपुर कोभिड १९ अस्पतालमा उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया