उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अस्पताल नजिक सोमबार विहान करिव ७ बजे भएको स्कुटर दुर्घटनामा दिदी भाई घाईते भएका छन् । राजाबासबाट गाईघाट तर्फ आउँदै गरेको को ४९ प ९०७० नम्बरको स्कुटर दुर्घटना हुँदा दिदी गम्भीर घाइते भएका हुन् ।
घाइते हुनेमा त्रियुगा नगरपालिका ९ राजाबास बस्ने खड्ग बुढाथोकीको १३ वर्षिय छोरा युनिक बुढाथोकी र १९ वर्षिय छोरी प्रिया बुढाथोकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख होम प्रसाद खनालले जानकारी दिए । दिदी गाईघाटको प्याराडाइज बोर्डिङ स्कूलको कक्षा ११ को बोर्ड परीक्षामा सामेल हुन आईरहेको अवस्थामा कुकुरलाई जोगाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर दिदीको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेकोले गिद्धी समेत देखिएको प्रहरीले जनाएको छ । उनको अवस्था चिन्ताजन भएकोले जिल्ला अस्पतालमा सामान्य उपचार पछि विराटनगर रेफर गरिएको छ भने भाई जिल्ला अस्पतालमा उपचाररत रहेका छन् । भाईको अवस्था सामान्य रहेको छ ।

तपाईको प्रतिक्रिया