उदयपुर / सूचना तथा सञ्चार विभागको आयोजना तथा नेपाल पत्रकार महासंघ शाखा उदयपुरको समन्वयमा आयोजित घुम्ति शिबिरमा १ सय ४४ जनाले सेवा पाएकाछन् ।
मंगलबारबाट सुरु भएको शिविरको समापन बुधबार उदयपुर, सिरहा, सप्तरी जिल्लाका पत्रकारहरुले विभिन्न सेवा लिएका हुन् । शिविरमा नयाँ प्रेस प्रतिनिधि कार्ड–१ सय ११ जना, प्रेस प्रतिनिधि कार्ड नविकरण –१४ जना, अनुभवको आधारमा सम्पादक –१, अध्यक्ष परिचय पत्र– २ जनाले प्राप्त गरेका छन् ।
त्यस्तै पत्रिकाको स्थायी प्रमाणपत्र–७ वटा, पत्रिकाको अस्थायी प्रमाणपत्र –१ वटा, टेलिफोन सुविधा सिफारिस –५ वटा, अनलाईन नयाँ दर्ता –२ वटा र अनलाईन नविकरण–१ वटा भएको विभागका निर्देशक सुमन वज्रचार्यले बताईन् । उनले सोचेकोभन्दा बढिले सेवा पाएको बताईन् ।
घुम्ति शिविरमा क्रिएशन मिडिया नेटवर्क प्रा.लि.द्वारा संचालित नागरिक बहस डट कम र अमर मिडिया प्रा.लि. अनलाइन पत्रिका दर्ता भएको हो ।
महासंघ शाखाको कार्यालयमा सन्चालित शिविरमा सञ्चारसँग सम्बन्धित विभागले गर्ने कार्यको सूचना विभागका कर्मचारी टोलीले सेवा उपलब्ध गराएका थिए । उदयपुर, सिरहा, सप्तरी, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको पत्रकारलाई लक्षित गरी उदयपुरमा शिविर संचालन गरेको थियो । शिविर बुधबार पनि जारी रहने नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्काले बताए ।

तपाईको प्रतिक्रिया