उदयपुर । उदयपुरको बेलका नगरपालिकामा भएको भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा आइतबार प्रहरीले दमन गरेको छ । भ्रष्टचार बढ्यो, छानविन गरी पाउँ भन्दै गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले प्रर्दशनकारीमाथि अन्धाधुन्ध लाठी चार्ज गरेको छ ।
https://www.facebook.com/1828150850557308/videos/312739389870172/?t=0
केही दिन अघि बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरीले फेसबुक स्टाट्स लेखि नगरपालिकामा भ्रष्टचार मौलाएकोले आफुले पदबाट राजीनामा गर्ने बताएकी थिईन् । सोही विषयमा शान्तिपूर्ण आन्दोलनमा चार जना बढी प्रदर्शनकारी घाइते भएको नेपाली काँग्रेस बेलका नपाका छाया सरकार प्रमुख असोक कार्कीले जनाएको छ ।
यस्तै प्रहरी तर्फ पनि एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमप्रसाद दाहालले जनाएको छ । बेलका नगरपालिकामा तालाबन्दी गर्न जाने क्रममा सामान्य ठेलाठेल भएकोले झडप भएको प्रहरीले जनाएको छ ।
यता प्रहरीले विहानैदेखि माइकिङ गरि कुनै पनि सभा सम्मेलन तथा भेला नहुन अनुरोध गरेका थिए ।
थप विवरण आउन बाँकी …









