उदयपुर / नापी शाखा कार्यालय उदयपुरको कर्मचारीसँगको मिलेमतोमा अशोककुमार साहले नक्शा कित्र्ते गरि संशोधन गरेको रहस्य खुलेको छ । त्रियुगा नगरपालिका– १२ स्थित डिएम ग्रेटमा रहेको सन्जु अधिकारीको जग्गा नाप जाँच गर्न जाने क्रममा नापी शाखाले ल्याएको नक्शा संशोधन गरेको पाईयो हो ।
जग्गा नाप जाँच गर्न पुगेको टोलीमा नापीले ल्याएको नयाँ संशोधित नक्शा र पुरानो नक्शामा जग्गाको कित्ता नम्बर नै फरक भेटिएको स्थानीयबासी अम्बेबर राईले बताए । उनले भने, ‘हामीले संग भएको पुरानो नक्शा र अहिले भएको नक्शामा फरक देखियो ।’


‘नापी शाखा कार्यालयमा रहेको पुरानो नक्शामा कायम रहेको कित्ता नम्बर भन्दा अहिले किर्ते गरी नक्सा संशोधित नयाँ नक्शामा कित्ता नम्बर फरक भयो ।’ राईले भने, ‘पुरानो नक्शामा कित्ता नम्बर ९१७ रहेकोमा त्यसलाई नापीको कर्मचारीको मिलेमतोमा कित्र्ते कित्ता नम्बर ८१७ बनाएको रहेछ ।’
साविक त्रियुगा नगरपालिका– ३ गाईघाट ३(क) को कित्ता नम्बर ९९५ ईन्द्रबहादुर भट्टराईको नाममा रहेको १० धुर जग्गा रन्जु अधिकारीले २०५३÷०३÷१७ गते मालपोत कार्यालयमा रजिष्टेशन पास गरि लिई हाल कित्ता नम्बर ११४३ कायम भएकोमा त्यसलाई बदर गरि पाउँ भनि जिल्ला अदालत उदयपुरमा अशोककुमार साहले मुद्धा दर्ता गराएको पिडित रन्जु अधिकारीका श्रीमान भुबन अधिकारीले बताए ।


पिडित अधिकारी भन्छन् आफुले २०५३÷०३÷१७ गते मालपोत कार्यालय उदयपुरमा रजिष्टेशन पास गरि लिएको जग्गामा त्रियुगा नगरपालिकाबाट २०५६÷८÷१२ मा घर नक्शा पास गरि घर बनाएकोमा बिपक्षी साहले जय बहादुर राईसँग मालपोत कार्यालय उदयपुरमा २०५९÷१÷९ गते रजिष्टेशन पास गरि ३ कठ्ठा जग्गा खरिद गरेको दावी गरिरहेको छ । तर, उनले लिएको जग्गाको नक्शा छैन् । अधिकारीले भने, ‘मैले गाईघाट ३(क) कि.नं. ११४३ को जग्गाको मालपोत र सम्पती कर तिर्दै आएको छु, आज आएर एकाएक कसरी अर्कोको नाममा गयो ।’
साहले बेला बेलामा आएर डोजर लगाएर घर भत्काई दिने र प्रहरी प्रयोग गरि घरबाट निकाली दिने सम्मको धम्की दिने गरेको स्थानीयबासी बिमल केसीले जानकारी दिए । साहले जयबहादुर राईलाई जाल साँझ गरि उनको नाममा रहेको जग्गा कित्र्ते गरि मालपोत कार्यालयमा पास गराएको अर्का पिडित जयबहादुर राईको गुनासो रहेको छ ।


अशोककुमार साहले त्रियुगा नगरपालिकाको वडा नम्बर १२ वडा कार्यालयबाट वडा अध्यक्ष जयबिक्रम राईको किर्ते हस्ताक्षर र छाप प्रयोग गरेको समेत खुल्न आएको छ । वडा कार्यालयको लेटर प्याड प्रयोग गरि मिति २०७४÷०७÷०६ चलानी नम्बर ४१८ लेखि आफनो नाम दर्ता रहेको जग्गाको चौहदी सिफारिस बनाएर वडा अध्यक्ष राईको कित्र्ते हस्ताक्षर र किर्ते छाप बनाई प्रयोग गरेको वडा अध्यक्ष जयबिक्रम राईले बताए ।


वडा अध्यक्ष राईका अनुसार आफनो कित्र्ते हस्ताक्षर र कित्र्ते छाप प्रयोग गर्ने अशोककुमार साहलाई कारबाही गरि पाउँ भनि जिल्ला प्रहरी कार्यालय उदयपुरमा मिति २०७५÷०४÷१० गते निवेदन दिएको भएता पनि हाल सम्म कुनै सुनुवाई नभएको गुनासो पोखे । वडा अध्यक्ष जयबिक्रम राई र वडा सचिव देवीदत्त घिमिरेले संयुक्त रुपमा प्रहरीमा निवेदन दिई कारबाहीको माग गरेको राईको भनाई रहेको छ । स्थानीय नेता खेमनारायण यादब (राहुल) ले भने अशोककुमार साहले धेरैलाई जालसाँझ गरेर दुःख दिने गरेको बिभिन्न बहानामा अनाबश्यक झण्झट दिई दुख दिदै आएको र आफुसँग पैसा भएकाले पैसाले प्रहरी र न्यायलयलाई किनेको छु कसैले मलाई केहि गर्न नसक्ने बताउँदै आएको छ । सरकारी छाप तथा हस्ताक्षर कित्र्ते गर्दा समेत कुनै कारबाही नहुनुले पनि सर्बसाधारण साहसँग त्रसित भएको यादबले बताए । यादवले भने, ‘असोक कुमार साह एउटा पात्र मात्र बनाइएको हो, यसमा उनका दाजुभाई सन्तोष स्वर्णकार र धुर्व स्वर्णकारको समेत मिलेमतो रहेको छ ।’

तपाईको प्रतिक्रिया