उदयपुर / २६ औ लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियानको अन्तिम दिन उदयपुरका अगुवा मानवअधिकारकर्मीहरु सम्मानित भएका छन । महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजालले ७० औ मानवअघिकार दिवसको अवसरमा जिल्लाका सात अधिकारकर्मी सम्मान गरेका हो ।
लैङ्गिक हिंसा र दुव्यवहार, छैन हामीलाई स्वीकार भन्ने नाराका साथ मनाईएको १६ दिवससिय अभियानको अन्तिम दिन बरिष्ठ पत्रकार कौशल चेम्जोङ्ग, बरिष्ठ कानुन व्यवासायी मोहन बहादुर कार्की, पत्रकार महासंघका पूर्व अध्यक्ष कुशलबाबु बस्नेत, मानवअधिकार रक्षक संजालका संयोजक भरत खड्का, गैससका केन्द्रीय सदस्य महेश्वरी राई, गैससकी पूर्व केन्द्रीय उपाध्यक्ष सृजना दनुवार र समाजसेवी रामवती चौधरी सम्मानित भएका छन ।
संगम सामुदायिक पुस्तकालयमा भएको कार्यक्रममा जिल्ला न्यायधिस तेजेन्द्र शर्मा सापकोटाले दोसल्ला र प्रमाणपत्र प्रदान गरि सम्मान गर्नु भएको थियो । लामो समय देखि मानवअधिकारको क्षेत्रमा कृयाशिल व्यक्तित्वलाई सम्मान गर्नु गर्वको विषय रहको महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालले जनाएको छ । कार्यक्रममा जिल्ला न्यायधिस तिर्थराज केसी प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की डिभिजन वन अधिकृत बिष्णु आचार्य लगाएतको उपस्थिती रहेको थियो ।
हरेक वर्षको १० डिसेम्बरमा अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईन्छ, सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप यो दिवस मनाईन्छ । बिश्वमा यस मानव अधिकारको घोषणापत्र नै सबैभन्दा भन्दा धेरै भाषामा अनुवादीत अनि प्रकाशीत घोषणापत्र हो, यस घोषणापत्र ५०० भन्दा पढि भाषामा अनुवादित अनि प्रकाशीत छ ।