राजेन्द्र महतो, लहान । कोरोना भाइरसको कारण सरकारले घोषणा गरेको लकडाउनको मुख्य मार गरिब, मजदूर, ज्यालादारी गरी खाने, भूमिहीन, सुकुमबासी, साहारा विहीन, जेष्ठ नागरिक, अ’पांगता भएको व्यक्तिहरुलाई बढी परेको छ । यद्यपि सरकारले यसरी समस्यामा परेका परिवारलाई उचित राहत वितरण गर्नु भने पनि वास्तविक समस्यामा परेका मानिसहरुले राहत सामग्री पाउन सकेका छैनन् । सिरहाको सुखिपुर नगरपालिकामा राहत नदिएको भन्दै स्थानीय गरिब तथा विपन्न वर्ग का परिवारहरुले नगरपालिकामा ढुङ्गामुढा गरेका छ्न ।
सिरहाको सुखिपुर नगरपालिकाले हाल सम्म राहत वितरणको लागि तथ्यांक संकलनमा पक्षपात गरेको र हाल सम्म राहत नदिएको भन्दै त्यहाका गरिब, विपन्नवर्गका परिवारहरुले राहतको मांग गर्दै नगरपालिकामा ढुङ्गामुढा गरेको स्थानीयले बताएकाछन् ।

https://www.facebook.com/1828150850557308/videos/235046687559799/

हाल सम्म सिरहामा ९ वटा नगरपालिका र ८ वटा गाउँपालिका गरी १७ वटा स्थानीय निकाय मध्ये ७ वटा नगरपालिका र २ वटा गाउँपालिका गरी ९ वटा स्थानीय निकायले ले मात्र राहत वितरण शुरु गरेको छ भने ८ वटा स्थानीयलनिकाय ले गरिब, विपन्न,तथा ज्यालादारी गर्ने मजदुरहरुको तथ्यांक संकलन गरिरहेको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाँइले बताएका छन् ।

तपाईको प्रतिक्रिया