- डा. युवराज संग्रौला

जब राष्ट्र कमजोर हुन्छ, त्यस्ले अनेकौं समस्याहरु भोग्न बाध्य हुन्छ, तर एउटा समस्या भने सबै भन्दा डरलाग्दो हुन्छ । त्यो हो, जनतामा अनुशासनको ठूलो अभाव हुन्छ । यो सन १९१२ मा पेकिङ्ग विश्वविधालयका एक जना प्राध्यापककले भनेको भनाइ हो । त्यसबेलाको चिन अहिलेकोको नेपाल जस्तै थियो, झन्डै झन्डै । अनेकखालका विदेशी एजेन्टहरु चिनमा अनेक किसिमका खेलहरु खेली रहेका थिए । जर्मनलाई हराएर जापानले चिनको सान्डोङ्ग प्रान्त आफ्नो हातमा पारेको थियो । क्रिस्चियन मिसनरीहरु गरिब चिनियाँलाई पैसा दिएर रिलिजन (धर्म) परिबर्तन गराईरहेका थिए । प्रथम विश्वयुद्ध सकिएको थियो, र पेरिसमा शान्ति सम्मेलन हुँदा चिनियाँ प्रतिनिधिहरुले अपमानजनक सन्धिमा हस्ताक्षर गरे, जस्ले चिनमा आन्दोलनको आंधिहुरी निर्माण गर्यो, तेस्ले चिनमा देशवादको चेतना निर्माण गर्यो । अमेरिकाले चिनलाई सहयोगको आश्वासन दियो, तर गरेन । उस्को आफ्नै स्वार्थ थियो । त्यसबेला एकजाना प्राध्यापकले भनेका थिए, संकटबाट रष्ट्रलाई बाहिर निकाल्न परम्पराबादी सोचले सक्दैन नयाँ बिचारको आवश्यक्ता पर्छ, तर त्यसबेला चिनमा नयाँ बिचार थिएन । देश युद्ध सरदारहरुको अराजकतामा थियो र अधिकांश बुद्धिजिबि पनि अवसरबादी, अहिलेको नेपालमा जस्तै । नेपालको अवस्था अहिले त्यसबेलाको चिनको अवस्था जस्तै छ ।
१. मानव सभ्यताको इतिहासको विश्लेषणले के देखाउंछ भने कृषि क्रान्तिको चरणमा प्रवेश गरेको मानिसले आफ्ना ठू–ठूला समुहलाई एकिकृत राख्न “अनेक कल्पित अवधारणा” निर्माण गर्दै गयो र त्यसैक्रममा राज्य र राजाको अवधारणाको पनि निर्माण गर्यो । लाखौं लाख मानिस आवद्ध गर्न साम्राज्यको अवधारणा करिब ४००० वर्ष पहिला गर्यो । साम्राज्यलाई धन र शक्तीको आवश्यकता हुन्थ्यो । तब युद्धको प्रचलन आयो । तब रिलिजनलाई साम्राज्यको औचित्यता पुष्ठि गर्ने साधनको रुपमा विकास गरियो । साम्राज्य र सम्राट नै रिलिजनका संरक्षक बने । रोमन क्याथोलिक चर्चले पोर्चुगलका राजा अल्फान्सोलाई रोमनास पोन्टिन्फ्याक्स जारी गर्दै भने “असभ्यहरुलाई समाप्त पार र उनीहरुको धन लुट ।” तब १६ औं शताब्दीबाट आयो संसारमा उपनिवेशवादको लुट, आमहत्या, र अत्याचार । साम्राज्यवादले उपनिवेशवादद्वारा भ्रष्ट पुँजीवादलाई जन्म दियो । पुंँजीवादले उपभोक्तावादलाई जन्म दियो । इतिहासविद हरारी भन्छ्न, “मानव सभ्यतामा पछिल्लो १० हजार वर्ष आफैमा एउटा “सफेद ठगी” थियो ।
२. सन १९४५ मा अमेरिकाको न्युमेक्सिकोको मरुभूमिमा जब एटम बम परिक्षणका लागि पहिलो डिटोनेट (विस्फोट) गरियो, त्यस परीक्षणमा संलग्न बैज्ञानिक ओपेनहाइमरले भगवत गीताको श्लोक संझिए र उच्चारण गरे “म मृत्यु हुँ । अब म संसार ध्वस्त गर्छु ।” यहि बम जापानमा खसाल्ने कुरा भयो । बैज्ञानिकहरुले त्यसो नगर्न अनुरोध गरे । वासिङ्टनका रणनीतिकारहरुले भने “हामी लाखौं अमेरिकी सेनाको बलि चडाउन सक्तैनौं । तब हिरोसिमा र नागाशाकीमा एटम बम फुट्यो । लाखौं निर्दोस मानिसको ज्यान लियो, तेस्ले । आज २१ औं शताब्दीमा पनि “इम्पेरियल मिसन” जिउँदै छ । यसलाई पनि धन र गौरव चाहिएकै छ ।
३. औद्योगिक क्रान्तिले मेशिनको प्रयोगबाट बस्तुहरु उत्पादन गर्न शुरु गर्यो । यसका लागि धन चाइन्थ्यो तब ब्रिटिस, फ्रान्स लगायतका साम्राज्यवादीहरु धन लुटने अभिष्ट बोकेर एसिया लगायतका देशमा पसे । असिमित धनलुटे । उता उनीहरुका गाउँबाट मानिस शहर पसे । उद्योगका मालिकले उनीहरुका आफ्नै गरिब मानिसको पनि चरम शोषण गरे । कामदार पुगेनन त्यसैले दास ब्यापार शुरु गरे । लाखौं मानिसको हत्या गरे । अफ्रिकालाई दास उत्पादन गर्ने भूमिमा परिणत गरे । नेपाल जस्तो सानो देश ब्रिटिस साम्राज्यवादको रक्षा गर्ने शिपाही उत्पादन गर्ने देशमा परिणत गरे । हाम्रो इतिहास र गौरव नष्ट गरिदिए । हामी अरुमाथि अत्याचार गर्ने साम्राज्यवादको रक्षा गर्ने खेताला बन्यौं । गोर्खा रेजिमेन्टको नाममा “लाहुरे” संस्कृति निर्माण गरिदिए । नेपालमा नकृषि उत्पादन गर्ने युवा ब्रिटिसका भाडाका सेना बनाइए । नेपालमा उपनिवेशको भौतिक अस्तित्व थिएन तर नेपालको जनसंख्या उपनिवेशमा परिणत भयो यसरी । तर, यो कङ्कक समाप्त गर्ने शासक देशले अहिले सम्म पाएन ।
४. नेपालका शासकलाई कहिले पनि के हेक्का भएन भने, नेपालको कृषि आधुनिकिकरण नगरी देशमा समृद्धि निर्माण गर्न सकिन्न । त्यति मात्र होइन नेपालको कृषि समाप्त पार्न, नेपाली युवा लाई डाइभर्सिटि भिसा, बैदेशिक रोजगार, र स्थायी बसोबास भिसा दिएर बिदेश लगिन्छ । इराकमा आक्रमणपछि अरब पश्चिमको पूर्ण अधीनमा आयो । युरोप र अमेरिकालाई सस्तो जनशक्ति चाहियो, त्यसैले बैदेशिक रोजगारको बिष निर्माण गरियो । त्यसकै लागि नेपालमा नवउदारवाद लागू गरि देशमै रोजगारी दिने सबै उद्योग लिलाम गर्ने षड्यन्त्र बिदेशीले गराई दिए । दुई चार वर्षमै सबै उद्योग समाप्त पारिदिए । अहिले देश ज्ञान र मानिसको खडेरीको सामना गर्न बाध्य छ । राजनीतिक नेतृत्व आज पनि अन्धकारमा छ । गाउँ रित्ता छ्न, जमिन बाँझा छन, भूमाफियाहरु गाउँका भित्र पनि डोजर लगाएर प्लटिङ्ग गर्दै छन, मन्त्रीज्यु किसानका हातमा पैसा पुग्ने नीति निर्माण गर्दै हुनुहुन्छ तर पार्टी धोएर खानेहरु नक्कली संस्था बनाएर राज्यले दिएको अनुदान पच पारिरहेका छन् । अहिले कोरोनाको कहर छ, तब पो थाह भयो हामी त क्षमताको शुन्यमा रहेछौं । हाम्रा विश्वविधालयहरुको भूमिका देखिईयो । १०–१२ वटा मेडिकल कलेजमा के अनुसन्धान भैरहेको छ ? मेडिकल शिक्षा पनि शुन्य रहेछ । हाम्रा ठूला ब्यापारी र मानिसको जिवनमा पो ब्यापार गर्दा रहेछन् ।
५. कृषिको आधुनिकिकरण नभई औद्योगिक क्रान्ति हुँदैन भनेर सामान्य मानिसको माया गर्ने बिज्ञहरु भन्छन् । तर, हाम्रो त विकासको जग कृषि नै ध्वस्त भएछ । हामीसँग एनआरएन छन् । हामीसँग एनजिओ छन् । हामीसँग पार्टी छन् । तर, हामीसँग अनुशासन रहेनछ । हामीसँग कुण्ठित मनोवृतीका बिज्ञहरु रहेछन, हामीसँग भ्रष्टाचार गर्ने अनेक उपाय रहेछन् , हामीसँग नैतिकता रहेनछ, त्यसैले हामीसँग गरिबी रमाउंँदो रहेछ ।
६. सन १९१२ मा चिनियाँ एक प्राध्यापकले भनेका थिए, “चीनको निर्माण गर्न एक बलियो दिमाग र बलियो दिमाग भएका बुद्धिजीवीको आवश्यकता छ । हामी इम्परियल मिसन र समृद्धि दुई धारमा छौँ । हामीले विदेशीको हस्तक्षेप र लम्पट प्रवृत्ति समाप्त गर्नुपर्छ ।” माहात्मा गान्धीले देशमा उत्पादन र उद्धम बढाउन चर्खा आन्दोलन गरे । भारत पनि धनी भयो, उस्ले कोरोना जाँच गर्ने आफ्नो मेशिन आफै बनायो । हामीसँग न बिज्ञान छ न उन्नत संस्कृति । हामीसँग त केबल गफ, ढाटीकला, बेइमानी र देश सराप्तै विदेशीने मति मात्रै रहेछ । हामी विदेशीले लादेका रणनीतिक जोखिम बोक्न बाध्य छौं । हाम्रा शासकहरुमा साम्राज्यका चाल बुझ्न पारख छैन । हाम्रो देशभक्ति ओइलाएको छ । हामी भ्रमबाट ग्रसित छौँ । हामी आधा मृत्यु जस्तो निन्द्रा निदाइरहेका छौँ । अब जागौं र केही गरौँ । अझै पनि केही गर्न सकिन्छ ।
अहिले देशमा ज्ञान र मानिसको खडेरीको सामना गर्न बाध्य छ । राजनीतिक नेतृत्व आज पनि अन्धकारमा छ । गाउँ रित्ता छ्न, जमिन बाँझा छन, भूमाफियाहरु गाउँका भित्र पनि डोजर लगाएर प्लटिङ्ग गर्दै छन, मन्त्रीज्यु किसानका हातमा पैसा पुग्ने नीति निर्माण गर्दै हुनुहुन्छ तर पार्टी धोएर खानेहरु नक्कली संस्था बनाएर राज्यले दिएको अनुदान पच पारिरहेका छन् । अहिले कोरोनाको कहर छ, तब पो थाह भयो हामी त क्षमताको शुन्यमा रहेछौं । हाम्रा विश्वविधालयहरुको भूमिका देखिईयो । १०–१२ वटा मेडिकल कलेजमा के अनुसन्धान भैरहेको छ ? मेडिकल शिक्षा पनि शुन्य रहेछ । हाम्रा ठूला ब्यापारी र मानिसको जिवनमा पो ब्यापार गर्दा रहेछन् ।

तपाईको प्रतिक्रिया