काठमाडौँ । पोखरामा सातौँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएको हल्ला मात्रै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्त्ता डा. विकास देवकोटाले पोखरामा संक्रमित भेटिएको प्रमाणित भई नसकेको बताएका हुन् ।
‘धेरै मिडियामा पोखरामा कोरोना पोजेटिभ रिपोर्ट आएको भन्ने खबर आएको छ’, प्रवक्ता देवकोटाले भने, ‘पोखरामा कुनै पनि पोजेटिभ केश छैन’
प्रवक्ता डा. देवकोटाले सबै प्रदेशमा मेसिन गएको र त्यहाँ परीक्षणको काम सुरु भएको भएपनि ‘भ्यालिडेसन’ आवश्यक पर्ने हुँदा नमुना पुनः परीक्षण गर्नुपर्ने बताए।
देवकोटाले केही शंकास्पद केसको परीक्षण केन्द्रीय प्रयोगशालामा भएपछि मात्र यकिन हुने प्रष्ट पारे। ‘नयाँ मेसिन सेटअप भएकाले केही नमुना पुनः परीक्षण गर्नुपर्ने हुन्छ’, डा।देवकोटाले भने, ‘केही केस शंकास्पद भएमा फेरि परीक्षण गर्नुपर्छ। पोखराबाट कुनै पनि पोजेटिभ रिपोर्ट आएको छैन।’
https://www.facebook.com/1828150850557308/videos/828897150944917/?t=0









