उदयपुर / महान्यायाधिवक्ता अग्निीप्रसाद खरेलले गम्भिर प्रकृतिका अपराधको मुद्दाको प्रकृया लम्विदा पीडितले थप पीडा भोग्नु परेको बताएका छन् । उदयपुरको सदरमुकाम गाईघाटमा जिल्ला सरकारी वकिलको कार्यालय भवनको उद्घाटन गर्दै गम्भिर प्रकृतिका अपराधको मुद्दा चाँडो भन्दा चाँडै टुङ्गोमा पुर्याउन निरन्तर सुनुवाई प्रकृया योजना अघि सार्न अनुरोध गरेका थिए ।
उनले बलात्कार, यौनजन्य हिंसा, अपहरण जस्ता अपराधका घटनालाई चाँडै निष्कर्षमा पुर्याउन अदालतमा निरन्तर सुनवाई प्रकृया योजना ल्याउने तयारी भईरहेको बताए ।
देशभर बलात्कार, यौनजन्य हिंसा र अपहरण जस्ता घटना बढिरहेको बेला यस्ता घटनालाई निस्तेज बनाउनका लागि यो योजना अघि सारिएको उनको भनाई छ ।
मुद्दाको प्रकृया लम्बिदा पीडितले थप पीडा भोग्नु परेको बताउँदै उनले ‘मुद्दा चलिरहेको विचको समयमा हुने चलखेल र पीडितमाथि थप हुने हिंसालाई न्युनिकरण गर्न यो बिधी उपयुक्त हुने छ ।’
घटनासँग सम्बन्धित व्यक्तिको चलखेल, पीडितलाई होस्टायल गर्न दवाव दिने, आर्थिक चलखेल गर्ने र पीडितलाई समाजमा बस्न नदिने वातावरण तयार भईरहेकाले त्यस्ता मुद्दालाई तत्काल निष्र्कषमा पुर्याउन निरन्तर सुनवाई गर्दै अदालती प्रकृया प्रमाण, साक्षी बुझ्ने जस्ता कामकारवाही तत्काल अवलम्बन गरिने उनले बताए ।
खरेलले ५५ बर्ष अघिको फौजदारी कानुनलाई प्रतिस्थापन गर्दै नयाँ कानुन कार्यान्वयनमा ल्याएको भन्दै फौजदारी कानुनमा ठुलो आधुनिकिकरण भएको बताए । उनले न्याय जनताको सन्तुष्टिका लागि भएकाले कागजमा सिमित नहुने गरी कारवाही प्रकृया अघि बढाउन आग्रह गरे । महान्यायाधिवक्त खरेलले नवनिर्मित भनव बन्दैमा जनताले न्याय नपाउने भएकाले सेवालाई प्रभावकारी बनाउन अनुरोध गरे । उनले अनुसन्धान स्वतन्त्रता नभए न्याय मर्ने भएकाले सबै क्षेत्रबाट अनुसन्धानलाई स्वतन्त्रता बनाउनसमेत अपिल गरे ।
उनले सरकारी वकिल कार्यालयलाई व्यवसायिक संस्थाको रुपमा तयार गर्न संस्थागत सुद्धिढिकरण, भौतिक साधान स्रोध सम्पन्न गर्नकालागि व्यवसायिक दक्षतासँग जोडिएका कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए । दुई बर्ष भित्र ७७ वटै जिल्लाका सरकारी वकिल कार्यालय भौतिक संरचना सम्पन्न बन्नेसमेत उनले ठोकुवा गरे ।
वर्तमान सरकारको कार्यशैली प्रति बोल्दै उनले लोकतान्त्रिक व्यवस्था संस्थागत गर्न वर्तमान सरकार सफल हुँदै गएको बताए । उनले तीन तहविचको सरकार सञ्चालन गर्दा विचको प्रदेश सरकार विल्कुलै नयाँ अभ्यासमा रहेकाले केहि निरासा पैदा भएपनि त्यसको चाँडो सम्बोधन हुने बताए ।
प्रदेश सांसद प्रति लक्षित गर्दै उनले भने, ‘हतार नगर्नु, निरास नहुनुस, सक्रमणकाल अझै सकिएको छैन्, धैर्य गरौ प्रतिफल राम्रै आउँदैछ ।’ प्रदेशनं २ को सरकारले प्रहरी भर्ना विद्येयक पारित गरेर अगाडी बढाएको प्रति असन्तुष्टि पोख्दै उनले भने, ‘हतारको निर्णय पछुताउनु पर्दछ, क्षेत्राधिकार मिचेर काम गर्ने अधिकार कसैलाई छैन् ।’
अधिकार पाएको भन्दै क्षेत्राधिकार मिच्ने, संघ, पद्रेस र स्थानीय तहमा बाझीने गरी कानुन बनाउने अधिकार कसैलाई नभएको भन्दै उनले कुनै सरकारसँग नबाझीने गरी कानुन बनाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे ।
दुई करोड २८ लाख ८३ हजार तीन सय ४२ रुपिँया ९९ पैसामा निर्माण भएको तीन तले भवनमा २५ कोठा रहेको छ । २०७६ असारमा सम्पन्न गर्ने गरि २०७४ असार १५ गते निर्माण सुरु गरिएको भवन छ महिना अगावै सम्पन्न भएको जिल्ला न्यायाधिवक्त हरीकुमार पोखरेलले जानकारी दिए । १० कठ्ठा क्षेत्रफलमा अबश्थित भवन निर्माणको जिम्मा गिताञ्जली शक्तिकुण्ड जेवीले गाईघाटले लिएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद अम्बिका थापाले सिंहदरबारको अधिकार गाउँसम्म नपुगेको बताईन् । उनले उदयपुरका जनताले कुनै मुद्दालाई पुनरावेदन गर्न ओखलढुंगासम्म पुग्नु पर्दा जनतालाई असहज भएको बताईन । उनले भनिन्, ‘हिजो २ घण्टा पर सप्तरीको सदरमुकाम राजविराजमा पुग्दा हुन्थ्यो, अहिले संघियता आयो आउनजान २ दिन लाग्द मुद्दा दर्ता वहस गर्दा थप १ दिन लाग्छ ।’
कार्यक्रममा नायव महान्यायाधिवक्ता किरण पौड्ल, जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटा, प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, नेपाल वार एशोसियसनका अध्यक्ष शिवकुमार कार्की लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया