राजेन्द्र महतो, लहान । सशस्त्र प्रहरी बल नेपाल सिरहाले नेपाल भारतीय सीमा सर्वेक्षण टोलीको उपस्थितमा दशगजामा बिजोर नम्बरका सीमा स्तम्भ राखिने कार्य शुरु गरेको छ । दशगजामा सानो देखिएका, हराएका र भत्केका ठाउँमा यस्ता नयाँ पिलर राख्ने कार्य सुरु गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हेडक्वाटर सिरहाका एसपी प्रविण कडेँलले सिरहा नगरपालिका १६ माडरबाट नयाँ पिलर राख्ने कार्य सुरु गरिएको बताउँदै अहिलेसम्ममा ५४ वटा सानो पिलरको काम सम्पन्न भएको बताएका छन । उनका अनुसार ३८८ वटा पिलरमध्ये समस्या देखिएका ठाउँमा नयाँ पिलर राखिने कार्य समेत भईरहेको बताए । सीमा सर्वेक्षण टोलीको उपस्थितिमा निर्माण कार्य जारी रहेको भन्दै एसपी कँडेलले नयाँ पिलर राखिएपछि विवाद हुने समस्या हटने बताएका छन ।









