उदयपुर । संशोधन नभएसम्म बारम्बार नेपालको संविधान बारम्बार जलाउने चेतावनी थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारुले दिएका छन् । उनले शनिबार त्रियुगा नगरपालिका १ जोगिदहमा थरुहट थारुवान राष्ट्रिय महिला सम्मेलनको उद्घाटनको क्रममा यस्तो चेतावनी दिएका हुन् ।उनले थारु, मधेशी र जनजातिको लागि संविधानमा धेरै अपुष्ट भएको, धेरै कुराहरु छुटिएकोले समावेश गर्न अनुरोध गरेका छन् । उनले संविधान संशोधन नभएसम्म असोज ३ गते बारम्बार नेपालको संविधान जलाउने उद्घोष गरेका छन् । शासकले सक्छ भने हामीलाई जेलमा हालेर देखाउन चेतावनी दिए । नेपालको संविधान धारा ५६ को उपधारा ५ पल्टाएर हेर्न प्रधानमन्त्रीले हेरे हुन्छ, धारा ५६ को उपधारा ५ बमोजिम भाषिक, सामुदायिक र सांस्कृतिक स्वायत्तता दिने भनेर लेखेपनि थारुहरुले स्वायत्तता नपाएकोले यो संविधान थारुहरुको लागि मान्य नहुने बताए । उनले संविधान जस्ताको त्यस्तै मान्न तयार छैनौं, संविधान संशोधन नभएसम्म पूर्वमेची देखि पश्चिमसम्मका थारुहरु एकजुट भएर आन्दोलनको ज्वारभाटा सृजना गर्नु पर्ने बताए ।
उनले दुई तिहाईको सरकार पार्टीको सत्ता होइन जातिको सरकार भएको बताए । यो देशमा एकल जातिय सरकार, जातिय विचार, जातिय विखण्डन, कथित जातिय राजनीतिले गर्दा नेपालको संविधान हामीलाई अमान्य भएको बताए ।
थरुहट आन्दोलनको सिलशिलामा टिकापुरका घटनालाई जोडेर सांसद रेशम चौधरी लगायत २७ जनामाथि लागेको झुट्ठा मुद्दा फिर्ता नलिए फागुनबाट आधिवेरी सुनामी ल्याउने चेतावनी दिए ।
थारु सवैभन्दा बढी इमान्दार, मेहनती, देशको सवै भन्दा राष्ट्रवाती जाति भएकोले थारुलाई जेलमा कोचेर राष्ट्र समृद्धि हुन नसक्ने बताए ।

यस्तै थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सल्लाहकार तथा थारु कल्याणकारिणीका केन्द्रीय सदस्य राजकुमार लेखीले यो अभियान कुनै जाति कुनै समुदाय कुनै पार्टीको विरुद्ध यो अभियान चलाई रहेका छैनौं यो अभियान १२÷१४ अघि थरुहट थारुवान क्षेत्रमा नेतृत्व निर्माण गर्ने अभियान चलाएको बताए । हामीले संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा थारु नेतृत्वको कमी भएको हुनाले थारु नेतृत्व स्थापित गर्नको लागि यो अभियान तराईका २४ वटै जिल्लामा चलाएको बताए । उनले थारुहरुको माग मुद्दा सरकारले सवै पुरा नगरेको हुँदा यो अभियानको पुनः शुरुवात गरेको बताए ।
उनले यो अभियानको विरुद्ध थारु नै लागेको बताए । यो अभियान जुनसुकै पार्टीका नेताहरु पनि लाग्न सक्नु हुनु हुन्छ । यो अभियान थारु नेतृत्वको स्थापना गर्नको लागि बनाईएको प्लेटफर्म भएको बताए । अर्का वक्ता थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सल्लाहकारले यो देशमा जुनसुकै क्रान्तिमा थारुको इतिहास हेर्न अनुरोध गरेका थिए । उनले झापा विद्रोह देखि ६२÷६३ सम्मको क्रान्तिसम्म आईपुग्दा आदीवासीको मुख्य भूमिका रहेको बताए । चाहे राणा विरुद्धको आन्दोलन होस, चाहे झापा विद्रोहको आन्दोलन, पंचायत र राजा ज्ञानेन्द्र विरुद्धको आन्दोलनमा थारुको मुख्य भूमिका रहेको बताए ।
उनले टिकापुर घटना सम्झदै झापा विद्रोमा मानिस मर्दा राजनीतिक आन्दोलन हुने, तत्कालिन माओवादी विद्रोहमा मानिस मारिदा राजनीतिक आन्दोलन हुने तर टिकापुर घटनामा हुलहुज्जामा मानिस मरिदा जातिवादी आन्दोलनको संज्ञा दिने । टिकापुर घटना शासकहरुको चरित्र भएको बताए । यो आन्दोलनलाई सरकारले जातिवादको संज्ञा दिएको बताए । उनले भने, ‘थारुले गैरथारुलाई लखेटे पो जातिवादको कुरा हुने, मधेशीले गैरमधेशीलाई लखेटे पो जातिवाद हुने, हामी कुनै जातिवादको आन्दोलन गरेको होइन्, थारुको गुमेको अधिकारको कुरा गरेको हौं । यो देश बनाउन हाम्रा पुर्खाले गरेको योगदानको हामी पनि राज्यमा हिस्सा पाउनु पर्ने छ भनेका हौं ।’ थारुहरुको भोटले जितेर गएको शासकहरुले थारुको विरुद्धमा कानून बनाएर दमन गरेको आरोप लगाए । तसर्थ थारु विरुद्ध कानून बनाउने विरुद्धमा हाम्रो अभियान संचालन भएको बताए ।
सम्मेलनमा १६ जना  साफ गेमका पदक विजेता खेलाडीहरुलाई सम्मान   गरेको थियो ।
सम्मेलनमा थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय महासचिव तुलसी चौधरी, त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरी, चौदण्डीगढी नगरपालिकाका उपमेयर रीताकुमारी चौधरी लगायतले सम्मेलनको सफलताको शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया