काठमाडौं । सत्तारुढ समाजवादी पार्टी नेपालले संविधान संशोधनका विषयमा केपी ओली नेतृत्वको सरकारले अस्विकार गरेपछि सरकारबाट बाहिरिएको छ । मंगलबार एक विज्ञप्तीमार्फत उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका हुन् ।विगतमा समाजवादी पार्टी र सरकार विच भएको संविधान संशोधनका विषयमा सहमति कार्यान्वयन नगरेको भन्दै समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छोड्ने निर्णयमा पुगेको केन्द्रीय सदस्य तथा सहप्रवक्ता रामप्रसाद रिजालले बताए । उनका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकमा कानुन मन्त्री यादवको संविधान संशोधनको प्रस्तावलाई प्रधानमन्त्री ओलीले रोकेपछि समाजवादी पार्टी सरकार छोड्ने निर्णयमा पुगेको बताए ।
संविधान संशोधन नहुने देखिएपछि पार्टीभित्रैबाट सरकार छोड्न दबाब आइरहेको अवस्थामा मंगलबारबाट औपचारिक रुपमा पार्टीको पदाधिकारी बैठक बसेर सरकार छोड्ने निर्णय गरेको सहप्रबक्ता रिजालले बताए ।
सोमबारको बैठकमा मन्त्री यादवले ‘नेपालको संविधानमा संशोधन, परिमार्जन एवं सुधार गर्नु पर्ने विषय अध्ययन गर्न समिति गठन गर्ने सम्बन्धमा’ तीन पृष्ठको प्रस्ताव पेश गरेका थिए ।
यादवले संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा राखेपछि प्रधानमन्त्री ओली उनीसँग कड्किएको बताइएको छ । संविधान संशोधनको विषयमा प्रतिपक्ष दल नेपाली काँग्रेससँग समेत सहमति गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले मन्त्री यादवको प्रस्तावलाई अस्वीकार गरेका थिए ।
यसअघि सरकार गठका बेला समाजवादी पार्टीले संविधान संशोधनको लागि सरकारमा जाने सहमति गरेको थियो ।
यादवले संविधान संशोधनका लागि राखेको प्रस्ताव यस्तो छ :

तपाईको प्रतिक्रिया