उदयपुर । नेपाल फोटो पत्रकार महासंघ उदयपुरको प्रथम अधिवेशनले सर्वसम्मत रुपमा गजेन्द्र राई चयन भएको छ । ‘पेशागत मर्यादा सबैको माथ, पर्यटन वर्ष २०२० लाई हाम्रो साथ’ भन्ने नाराका साथ प्रथम जिल्ला अधिवेशनबाट गजेन्द्र राई पुनः अध्यक्ष चयन भएको हो । यसअधि गजेन्द्र तदर्थ समितिका संयोजक थिए । गजेन्द्र राई नेपाल पत्रकार महासंघ उदयपुर शाखाका सहसचिव पनि हुन् ।
उपाध्यक्षमा अप्सरा समाल, सचिवमा देवरनज राई, सहसचिवमा ईश्वर बलम्पाकी मगर, कोषाध्यक्षमा गंगा राई सर्वसम्मत चयन भएको छ । यस्तै सदस्यहरु राकेश नेपाली, बिक्रम राई, चित्रकुमार कार्की, रिता राउतलाई पनि सर्वसम्मत भएका छन् । थप दुई जना पछि मनोनयन गर्ने गरी ११ सदस्य कार्यसमिति चयन गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ पत्रकार कौशल चेम्जोङ, विशेष अतिथिद्वय नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का सचिव हरिकुमार राई र नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई लगायत घटक संगठनका पत्रकारहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
अधिवेशनलाई सम्बोधन गर्दै अधिकांश वक्ताहरुले फोटोको माध्यमबाट उदयपुरको विकाशमा सहयोग पुर्याउनमा जोड दिनु पर्ने बताएका थिए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन फोटोहरुलाई आग्रह गरिएको थियो । नेपाल फोटो पत्रकार महासंघको चौथो केन्द्रिय महाधिवेशन विराटनमा पुस ४ र ५ गते हुँदैछ ।

तपाईको प्रतिक्रिया