काठमाडौं । स्थानीय निर्वाचनमा काँग्रेसले जितेको बाजुराको त्रिवेणी १ छतारामा वडाको उपनिर्वाचनमा नेकपाले जितेको छ । बाजुराको त्रिवेणी १ छतारामा कुल १०३९ मतदाता रहेकोमा ७२७ मत खसेको थियो ।
नेकपाका मनराजे बुढा (मिलन) ले ३६७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी काँग्रेसका खगेन्द्र चदाराले ३४७ मत ल्याए । त्यस्तै राप्रपाका मिनबहादुर ढोलीले २ मत ल्याए । ११ मत बदर भएका निर्वाचन आयोगले जनाएको छ ।
यस्तै रामेछापको उमाकुण्ड गाउँपालिका–५ मा वडा अध्यक्षको उपनिर्वाचनमा नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत दोब्बर मतले विजयी भएका छन् ।
उनले कांग्रेसका उम्मेदवार सावित्री सुनुवारलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
११ सय ७३ मतमध्ये बस्नेतले ७६९ मत ल्याएका र उनका प्रतिद्वन्द्वी सुनुवारले ३८० मत प्राप्त गरेकी निर्वाचन अधिकृत अर्जुन राईले जानकारी दिए ।
यस्तै बाग्लुङ बडिगाड गाउँपालिका वडा नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टीले जितेको छ ।
नेकपाका उम्मेदवार ढालप्रसाद शेरचनले कांग्रेसका प्रतिद्वन्द्वी दिल बहादुर राणालाई पराजित गरेका हुन् ।
कूल खसेको मत ११३४ मा शेरचनले ७०४ मत ल्याउन सफ ल भए भने राणाले ४१२ मत ल्याए ।









