काठमाडौं । गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ६ मा नेकपाका उम्मेदवार गिरीप्रसाद सिंजाली विजयी भएका छन् । उनी ८ सय २ मतका साथ विजयी भएका हुन् । सिंजालीका निकटतम प्रतिद्धन्द्धी बेदप्रसाद दलार्मीले ७ सय २७ मत प्राप्त गरेका छन । वडामा १ हजार ५ सय ४४ मत खसेको थिए । सो वडामा कूल मतदाता २ हजार ४८ थिए । एक मत बदर भएको थियो ।
यस्तै डोटीको आर्दश गाउँपालिका–२ कालिकास्थानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राबहादुर बोहरा निर्वाचित भएका छन् ।
बेहराले ६ सय ६५ मत ल्याएर विजयी भएका हुन् । बोहराको प्रतिस्पर्धी नेपाली कांग्रेसका महादेब साउदले ६ सय ५६ मत ल्याएका थिए ।
यता राप्रपाका कासीराम ओझाले १४ मत ल्याएका छन्, भने स्वतन्त्र उम्मेदवार भूमिसिंह खड्काले एक सय ९१ मत प्राप्त गरेका छन् । निर्वाचनमा ६० मत बदर भएको थियो ।









