सल्यान । कुमाख गाउँपालिकाको वडा नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धर्मे बुढा विजयी हुनुभएको छ ।
आज भएको उपनिर्वाचनमा उहाँले ७९२ मत ल्याएर नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका खड्कबहादुर बोहरालाई पराजित गर्नुभएको हो ।
जिल्ला निर्वाचन अधिकृत कुलप्रशास पाण्डेले दिएको जानकारी अनुसार नेकपाबाट उम्मेदवार बन्नुभएका धर्मे बुढाथोकी ज्वालाको ७९२, नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका खड्कबहादुर बोहराको २५१ र राप्रपाबाट उम्मेदवार बन्नुभएका गोपाल शाहकाे पक्षमा २१ मत खसेको थियो । जसमा ६० मत बदर भएकाे छ ।









