मल्ल चितवनमा सरुवा भएर आएका यही मंसिर १२ मा ७ महिना पुग्दैछ तर मल्लको गतिविधिमा आसंका देखिएपछि प्रहरी हेडक्वाटरले उनको सरुवाको तयारी गरेको स्रोतको दावी छ ।

स्रोतका अनुसार मल्ल ७ महिना पछि नै चितवनबाट सरुवा हुनेछन् । उनको स्थानमा दक्ष एसपी पठाउन काबिल एसपीको खोजी सुरु भइसकेको स्रोतले न्युज २४ लाई जानकारी दिएको छ ।
मल्लका कारण आफ्नो छविमै आघात पर्न थालेपछि नेकपा अध्यक्ष प्रचण्डले आइजीपी सर्वेन्द्र खनाललाई उनको विकल्प खोज्न संकेत गरिसकेको स्रोतले बताएको छ ।
प्रचण्डको संकेतपछि आइजीपी खनालले एसपी मल्ललाई यसै हप्ता काजमा तान्ने तयारी भइरहेको । संचारकर्मी रवि लामिछानेदेखि ज्ञानेन्द्र शाहीसम्मको घटनालाई अनावश्यक रुपमा उछाल्न पनि एसपी मल्लको भूमिका देखिएको आँकलन गरिएको थियो ।
एसपी मल्लले आफूलाई अध्यक्ष प्रचण्ड र भरतपुर महानगरकी मेयर रेनु दाहालको आशीर्वाद छ भन्दै मनपरी काम गर्दैआएको बिषयमा समाचार समेत सार्वजनिक हुँदै आएका छन् ।
प्रचण्डका बडिगार्ड बसेकाले उनलाई एकपछि अर्को इन्चार्ज बनाइएको र रोजेको जिल्ला चितवनमा प्रमुखमा पठाइएको बिषयमा प्रहरीभित्रै असन्तुष्टि रहेको छ ।
उनलाई चितवनमा राख्दा एकपछि अर्को विवाद निम्तिएकाले प्रचण्डले उनलाई दशैंपछि भेट्न जाँदा भेट समेत नगरेको बिषय पनि खुलेको थियो । संचारकर्मी रवि लामिछानेलाई पक्राउ गरी थुनामा राखेको बेला आइजीपी खनाल भेट्न गएको बिषयमा पनि उनले मिडियाबाजी गराएका थिए ।
आफूले थुनेको ब्यक्तिलाई आइजीपीले भेटेको भन्दै उनले बिरोधमा लेख्न लगाएको सूचना पनि खनाल समक्ष पुगेपछि उनी पनि रुष्ट भएका थिए ।
एसपी मल्लमाथि चोरीका मोटरसाइकल र गाडी खरिदबिक्री गर्ने गिरोहदेखि ढुंगागिटी, जुवा अखाडा संचालन गर्नेहरूसँग असुली गर्न विजय बिक र प्रनिश क्षेत्रीलाई बिचौलिया राखेको आरोप छ । एसपी मल्लले तिहारमा पटाका बरामद गरेको भन्दै जुवा अखाडा संचालन गर्न छुट दिएका थिए ।
उनले राजमार्ग लगायतका विभिन्न प्रहरी कार्यालयका इन्चार्ज महिना महिनामा परिवर्तन गर्दै आएका छन् । टेण्डर गरेरै कसले कति कबुल गर्न सक्छ भनेर विक र क्षेत्रीमार्फत् मोलतोल गरी प्रहरी सहायक निरीक्षक (असई) र नायव निरीक्षक(सई) सरुवा गरेको आरोप लाग्दै आएको छ ।
उनले रामनगरका सईलाई एक महिनामै तानेर जिल्ला प्रहरी कार्यालयका सई गजेन्द्र शाहलाई खटाएका छन् । पदमपुरमा हवल्दारको दरबन्दी भएको ठाउँमा सई बिष्णु श्रेष्ठलाई इन्चार्जमा पठाइएको छ ।
पदमपुरबाट बालुवा र गिटी अबैध उत्खनन् र ओसारपसार हुने गरेको छ । लोथरमा कुलबहादुर खत्री एसपी मल्लको टेण्डर बुझाउने सर्तमा गएका छन् ।
लामो समयदेखि एसपीका घुमुवा बसेका असई सीताराम खतिवडालाई जुगेडीमा पठाइएको छ । असई लक्ष्मण पाठकलाई गोन्द्राङको इन्चार्जमा पठाएका छन् ।
पारस बसपार्कमा सुनिल थापालाई पठाइएको छ । सई भानु आचार्य सौराहाको बछ्यौली चौकीमा टेण्डर बुझाएरै गएका छन् । असई इन्चार्ज हुने चौकीको २५ हजार र सई इन्चार्ज हुने चौकीबाट ५० हजार मासिक दिने सर्तमा खटाइएको स्रोतले बताएको छ ।
पछिल्लो पटक चितवनको चनौली र सौराहामा रहँदा ज्यादै बदनामी कमाएका हाल एयरपोर्टमा कार्यरत सई कुलप्रसाद शर्मालाई जुगेडी चौकी पठाउन लागिएको छ । जबकि त्यहाँ कार्यरत सई एैजनकुमार थापाको समय पुगेको छैन ।
पछिल्लो समयमा चितवनमा विप्लव माओवादीका गतिविधि बढ्नुको कारण पनि एसपी मल्ल नै रहेको प्रहरी प्रधान कार्यालयलाई सूचना पुगेको स्रोत बताउँछ ।
नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दको कोठाबाट रोगी नेता गुणराज लोहनी पक्राउ गरेको प्रहरीले उनलाई भने उन्मुक्ति दिएको थियो । समाजिक अभियन्ता ज्ञानेन्द्र शाही माथि हमला गर्नेहरुलाई पनि उन्मूक्ति दिँदै बचाउ अभियानमा लागेको भन्दै समाजिक सञ्जाल मार्फत समेत एसपी मल्लको चर्को आलोचना समेत भएको थियो ।
साँघुबाट साभार









