उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुर जिल्ला कमिटीको विवाद टुङ्गो लागेको छ । गत असार १३ गतेको नेकपा प्रदेश नं. १ कमिटीको सर्कुलर बमोजिम १४७ जनाको जिल्ला कमिटी मा १५ जना थप गरी १६२ सदस्य जिल्ला कमिटी रहने गरी पुनः सर्कुलर जारी गरिएको छ । तत्कालिन नेकपा एमालेबाट १० जना र तत्कालिन नेकपा माओवादी केन्द्रबाट ५ गरी १५ जना जिल्ला कमिटीमा थप गरिएको छ ।
असोज ३० गते नेकपा प्रदेश नं. १ कमिटीले सर्कुलर जारी गर्दै तत्कालिन नेकपा एमालेबाट ९० जना र तत्कालिन नेकपा माओवादी केन्द्रबाट ७० जना, अध्यक्ष र सचिव सहित १६२ सदस्यीय जिल्ला कमिटी बनेको छ । यस्तै नगर कमिटी र गाउँ कमिटीको अध्यक्ष, सचिव, वडा कमिटी अध्यक्ष तथा सचिवहरुको नामावली यस अघि नै टुङ्गो लगाएको छ ।
जिल्ला कमिटीको अध्यक्षमा तत्कालिन नेकपा माओवादी केन्द्रबाट बिनोद कटुवाल (दिवस) अध्यक्ष र तत्कालिन नेकपा एमालेबाट ईश्वरमणि राउत सचिव रहेका छन् । सदस्यहरुमा तत्कालिन नेकपमा एमालेबाट जिल्ला कमिटीमा परेकाहरु क्रमशः सि.नं. ३ देखि ९२ सम्म र तत्कालिन नेकपा माओवादी केन्द्रबाट सि.नं. ९३ देखि १६२ सम्म रहेका छन् ।

कार्तिक २ गते सपथ ग्रहण हुने
कार्तिक २ गते शनिबार सपथ ग्रहण हुने छ । सपथ ग्रहण गराउन नेकपा प्रदेश नं. १ का इन्चार्ज भिम आचार्यलाई प्रमुख अतिथि बनाइएको जिल्ला कमिटी सचिव इश्वरमणि राउतले जानकारी दिए । उनका अनुसार कात्तिक २ गते शनिबार विहान ८ बजे रामजानकी पार्टी प्यालेस बाबारानी मार्गमा सपथ ग्रहणको कार्यक्रम आयोजना हुने बताए ।
गाउँपालिका, नगरपालिका र वडाको हकमा कुनै परिवर्तन भएन
गाउँपालिका, नगरपालिका र वडाको हकमा पहिले कै निर्णय नै यथावत रहेको जिल्ला कमिटीका एक नेताले जानकारी दिए । उनका अनुसार अहिलेको सर्कुलरमा जिल्ला कमिटी मात्रै परिमार्जन गरिएकोले गाउँपालिका, नगरपालिका र वडाको हकमा पहिले कै निर्णय लागू हुने बताए ।
तत्कालिन नेकपा एमालेले दुई नगर र दुई गाउँ कमिटीको अध्यक्ष र सचिव पाएको छ भने तत्कालिन नेकपा माओवादी केन्द्रले पनि सोही अनुरुप दुई नगर र दुई गाउँ कमिटीको अध्यक्ष र सचिव पाएका छन् ।
त्रियुगा र चौदण्डीगढी नगरपालिका तत्कालिन नेकपा एमालेले अध्यक्ष पाएका छन भने बेलका र कटारी नगरपालिकामा तत्कालिन नेकपा माओवादी केन्द्रले अध्यक्ष पाएका छन् । यस्तै रौता र ताप्ली गाउँ कमिटीमा माओवादी केन्द्रको भागमा अध्यक्ष परेको छ भने उदयपुरगढी र लिम्चुङबुङ गाउँ कमिटी तत्कालिन एमालेको भागमा अध्यक्ष पाएका छन् ।
त्रियुगा नगर कमिटीमा केशब घिमिरे अध्यक्ष, रामप्रसाद बराल सचिब, चौदण्डीगढी नगर कमिटीमा श्याम राई अध्यक्ष, रमेश बिक सचिब, बेलका नगर कमिटीमा मनोज तामाङ अध्यक्ष, गणेश बस्नेत सचिब, कटारी नगर कमिटीमा मणिराम दाहाल अध्यक्ष, मोहनबहादुर खड्का सचिव, ताप्ली गाउँ कमिटीमा ढुंगराज बिक अध्यक्ष, टोपबहादुर ठकुरी सचिब, लिम्चुङबुङ गाउँ कमिटीमा भलराज राई अध्यक्ष, भिम राई सचिब, उदयपुरगढी गाउँ कमिटीमा चक्रबहादुर तामाङ अध्यक्ष, बिष्णु पराजुली सचिब, रौतामाई गाउँ कमिटीमा ईश्वर राना मगर अध्यक्ष, खिलाराज राई सचिब चयन भएको छ ।

तपाईको प्रतिक्रिया