उदयपुर । धारिलो हतियार प्रहार गरी त्रियुगा नगरपालिका ९ चौकिवारीमा शुक्रबार राति आमा २८ वर्षिय सारदा कुमारी चौधरी र छोरी ९ वर्षिय रचना कुमारी चौधरीको विभत्स हत्याको थारु संघ संस्थाहरुले घोर भत्र्सना गरेको छ । थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति र त्रियुगा नगर कमिटीले संयुक्त विज्ञप्ती जारी गरी आमा छोरीको विभत्स हत्याको सत्य तथ्य बाहिर ल्याउन अनुरोध गर्दै हत्यारालाई चाँडो भन्दा चाँडो पक्राउ गर्न अनुरोध गरेको छ ।
थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष शिवकान्त चौधरी र त्रियुगा नगर कमिटि अध्यक्ष बेचुदास चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस्ता घटनाले समाजमा डर त्रास तथा शान्ति सुरक्षामा खलल् पुर्याउने भएको हुँदा हत्यामा संलग्न रहेका अपराधिहरुलाई यथासिघ्र पक्राउ गरी हदैसम्मको कारबाहीको माग गरेको छ । विज्ञप्तीमा मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि जोडदार माग गरेको छ ।यस्तै थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रिय संयोजन समितिका संयोजक तुलसी थारुद्वारा जारी विज्ञप्तीमा घटनाको सत्य तथ्य बाहिर ल्याउन नेपाल प्रहरीलाई आग्रह गरेको छ । विज्ञप्तीमा दोषीलाई कडा भन्दा कडा कारबाहीसहित मृतक परिवारलाई क्षतिपूर्तिको माग गरेको छ ।
हत्यामा संलग्नहरुको खोजी कार्य जारी रहेको छ भने आइतबार शवलाई विशेष परिक्षणको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाईएको छ । हत्यामा संलग्न एक दर्जन बढीसंग सोधपुछ गरेको प्रहरीले जनाएको छ । भने तीन जना अझै प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो पनि पढ्नुस्

आमा छोरीको हत्याको आशंकामा तीन जना प्रहरीको नियन्त्रणमा (फोटो फिचरसहित)

आमाछोरीको हत्या प्रकरण अपडेट : तालिम प्राप्त कुकुर हत्यारासम्म पुग्न सकेनन (फोटो फिचरसहित)

तपाईको प्रतिक्रिया