उदयपुर । धारिलो हतियार प्रहार गरी उदयपुरमा शुक्रबार राति एकै परिवारका दुई जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको त्रियुगा नगरपालिका ९ चौकिवारीमा आमा र छोरीको हत्या भएको हो ।
शनिबार दिउँसोसम्म हत्याको आशंकमा स्थानीय तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । ‘दुई पुरुष र एक महिलालाई सोधपुच्छको लागि नियन्त्रणमा लिएको छ’, एसपी बुढा मगरले भने, ‘तीनै जनालाई गोप्य रुपमा राखेर अनुसन्धान गरिरहेका छौं ।’ उनका अनुसार त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने २८ वर्षीय आमा सारदा कुमारी चौधरी (गोमा) र उनकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियारले घाटी रेटि हत्या गरिएको छ । शुक्रबार राति मृतकका बहिनीले ८ः३० बजेको समयमा मृतकको मोबाइलमा फोन गरेपनि फोन नउठेपछि आफ्न्तलाई उनको घर जान अनुरोध गरेका थिए । आफ्न्त मृतकको घरमा शनिबार विहानै आई हेर्दा बाहिरबाट चुकुल लागेको देखेपछि चुकुल खोलेर घरभित्र पस्दा आमा छोरीको घाटी रेटी हत्या भएको देखेपछि छरछिमेक हुँदै प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार मृतक दुवैको घाटी रेटिएको अवस्थामा सव फेला परेको थियो । हत्या किन र के कारण कसले गरेको भन्ने यहिलेसम्म केही खुल्न नसकेको प्रहरीले बताए । मृतकका आफ्न्त लगायत अन्यलाई पनि सोधपुछ गरिएको एसपी मगरले बताए । प्रहरीका अनुसार पोष्टमार्टम आइतबार विहान १० बजे गर्ने जनाएको छ ।
यो पनि पढ्नुस्

तपाईको प्रतिक्रिया