सप्तरी । समाजवादी पार्टीकी नेतृ एवम् अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष सुनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहारको मुद्दाको आरोपमा शुक्रबार सप्तरी प्रहरीले साहलाई राजविराज नगरपालिका–६ खर्सालटोलस्थित आफ्नै निवासबाटै पक्राउ गरेको हो ।
महानगरी प्रहरी वृत्त कमल पोखरीबाट पत्राचार गरेकाले साहलाई नियन्त्रणमा लिएको एसपी कृष्ण प्रसाईंले जानकारी दिए । ‘नेतृ साह विरुद्ध महानगरीय प्रहरी वृत्तमा अभद्र व्यवहारको मुद्दा परेको छ’ एसपी प्रसाईंले भने–‘आवश्यक अनुसन्धानका लागि साहलाई नियन्त्रणमा लिई काठमाडौं पठाउने तयारी भईरहेको छ ।’
चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्न सक्ने भन्दै नेतृ साहलाई नियन्त्रणमा लिइएको हुन सक्ने आशंका गरिएको छ ।









