उदयपुर । तत्कालिन एमालेको युवा भातृ संगठन युवा संघ नेपाल र माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालबीच एकता भई राष्ट्रिय युवा संघ नेपाल बनेको छ । यी दुई संगठनको एकताले पूर्णता पाएसँगै केन्द्रीय कमिटीको नामावली समेत सार्वजनिक भएको छ ।
३३५ सदस्यिय केन्द्रीय कमिटी रहने नेकपाको यो युवा भातृ संगठनमा ३३२ केन्द्रीय सदस्यहरुको नामावली सार्वजनिक गरिएको राष्ट्रिय युवा संघ नेपालका सह संयोजक रमेश पौडेलले जानकारी दिए ।
उक्त केन्द्रीय समितिमा उदयपुरबाट पाँच जनाको नाम सार्वजनिक भएको छ । सार्वजनिक भएको नामावली अनुसार तीन जना तत्कालिन युवा संघ नेपालबाट परेका छन् भने दुई जना वाइसिएल नेपालबाट परेका छन् ।
यसरी केन्द्रीय सदस्य हुनेहरुमा मन्दिप राई, अजन्ता पौडेल, राकेश राई, सुपेन्द्र राई (सुबोध) दुर्गा कार्की रहेका छन् । यस्तै प्रभात कुमार कटवाल, एविराज राई पनि केन्द्रिय कमिटीमा परेका छन् । प्रभात खोटाङ र एविराज भोजपुरबाट केन्द्रीय सदस्य बनेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिका केन्द्रीय कमिटीको विवरण

https://www.facebook.com/yfnepal.org/photos/pcb.2685173281514117/2685172794847499/?type=3&__tn__=HH-R&eid=ARA5i2S8xW8gNvOqpbg5f0t4qoJ-7Y9Bv665GwRppyoENT_wnYl-FaGZw1iiRFgpSHjzVhPIu4xPTs8i&__xts__%5B0%5D=68.ARCA9jWoI5jXlQH5PWckNVRo74h3gm_f3CZWq4_ZUvIve-fgtxUxqkUQNWPoykPE7hC-k99sM1r-irWYMGlOsZEbZY7ieyjFWVcNYOinVSj2SOvxZ8w8iJgGeEivY0D34BAorEsQRcDPSleB1kslkAyCzqh8RbSVRkw-X32c45-M33vlWpUN8dLzfVBpFM9ErbIHAhObFOzICwuc07YHNtKXs0EL0ifH2aA8b3Q0pRV26ZVVkDufyqzYWF_yN73SZBVA1B3GdFDi0KrFdZmoipMvWBdTR5WoQSytWpr0F-OAzlxa5RPVFuP9PAYwuHJCWg4YUFkonXkmlYYP2jiTZqQLPg

तपाईको प्रतिक्रिया