काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुहुने भएको छ । महराले मंगलबार दिउँसो १ बजे राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ । महराले आफूमाथि यौन दुराचारको आरोप लागेपछि पार्टीको सुझावमा सभामुखबाट राजीनामा दिन लाग्नु भएको हो ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख महराको राजीनामा माग्ने भएको छ । सभामुख महरा यौनदुराचार प्रकरणमा मुछिएपछि पार्टीले राजीनामा माग्न लागेको हो । त्यसबारेमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । यौन प्रकरणमा मुछिएपछि सभामुख महराको सर्वत्र आलोचना भइरहेको छ । नेकपा नेता तथा कार्यकर्ताले महराले राजीनामा दिनुपर्ने बताएका छन् ।
सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी हुन् । आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छ । ती महिला स्वास्थ्य मन्त्रालयकी कर्मचारी हुन् । संसदमा स्वास्थ्य सम्बन्धित युनिट छ । महिला त्यो युनिटमा काजमा कार्यरत छिन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराका साथै पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफलका लागि बैठक बस्न लागेको स्रोतले जनाएको छ । बैठकको तयारीका लागि शीर्ष नेताहरुको छलफल अहिले बालुवाटारमा जारी छ ।
संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन् । आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)ले सभामुख महरालाई तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् ।
सभामुख महराको विभिन्न पार्टी, सांसद तथा आमनागरिकले राजीनामाको माग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया