काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ३३ वटै विभाग टुंगो लगाएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन्। शुक्रबार बसेको नेकपा सचिवालयको बैठकले पोख्रेललाई  स्कुल विभागको जिम्मेवारी दिएको हो।

स्कुल विभागमा पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलले दाबी गर्दै आएका थिए। त्यस्तै भीम रावल, घनश्याम भुसाल, वेदुराम भुसाल, राम कार्कीलगायतले पनि स्कुल विभागको नेतृत्व दाबी गर्दै आएका थिए। तर, पछिल्लो समय पूर्वमाओवादीले स्कुल विभागलाई नै प्रतिष्ठाको विषय नबनाउने भन्दै लचिलो बनेको थियाे। ३३ मध्ये १९ विभागमा पूर्व एमालेका नेताहरू र १४ मा पूर्व माओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी दिएका छन् ।
लामो रस्साकस्सी भएको स्कुल विभागको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाएका छन् । सचिवालय सदस्य माधवकुमार नेपाल विदेश विभाग प्रमुख बनेका छन् भने राम कार्कीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।
नीति तथा प्रतिष्ठान विभागको नेतृत्व पूर्व प्रधानमन्त्री झलनाथ खनालले पाएका छन् । त्यस्तै नेता वामदेव गौतमलाई संगठन विभाग प्रमुख बनाइएको छ ।

तपाईको प्रतिक्रिया