काठमाडौं । काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।

दिउँसो ४ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पपछि काठमाडौंबासी सडकमा निस्किएका छन् ।

भूकम्प करिब १० सेकेण्डसम्म महसुस गरिएको थियो । भूकम्प आउनुअघि राजधानीमा मुसलधारे वर्षा समेत भएको थियो ।

भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले  बताए।

भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्केका थिए। भूकम्पको केन्द्र, म्यागनेच्युड र क्षतिको विवरण आउन बाँकी छ।

२०७२ सालमा गोरखाको बारपाक केन्द्र बनाएर शक्तिशाली भूकम्प गएपछि परकम्पहरु आइराखेका छन्।

तपाईको प्रतिक्रिया