उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरले पुर्णता पाएसँगै असार २१ गते जिल्ला कमिटी उदयपुरको सपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ कमिटीले जिल्ला कमिटी उदयपुरलाई पुर्णता दिएसंगै असार २१ गते भनिएको सपथग्रहण कार्यक्रम स्थगित भएको छ ।
नेकपा जिल्ला कमिटी सदस्य परमेश्वर घिमिरेका अनुसार अर्को मिति नतोकिएन्जेलसम्मको लागि सपथग्रहण स्थगित गरिएको छ । सपथ ग्रहण तयारी तथा प्राविधिक कारण देखाउँदै सपथ ग्रहण स्थगित भएको हो । नेकपा जिल्ला कमिटी उदयपुरमा तत्कालिन नेकपा एमालेबाट ८० जना र तत्कालिन नेकपा माओवादी केन्द्रबाट ६५ जना, अध्यक्ष र सचिव सहित १४७ सदस्यीय बनेको छ । यस्तै नगर कमिटी र गाउँ कमिटीको अध्यक्ष, सचिव, वडा कमिटी अध्यक्ष तथा सचिवहरुको नामावली समेत टुङ्गो लगाएको छ ।

यो पनि पढ्नु होस् ।

नेकपा उदयपुर जिल्ला कमिटीले पूर्णता पायो, नामावली सहित

तपाईको प्रतिक्रिया