
उदयपुर । त्रियुगा नगरपालिका गाईघाटले कृषिलाई ब्यवसायी यान्त्रिकरण तथा आधुनिकिकरण गर्दै लैजाने उद्देश्यले कृषकलाई ५० प्रतिशत अनुदानमा ३० वटा हाते ट्रयाक्टर वितरण गरेहो छ । परम्परागत रुपमा गरिदै आएको कृषि प्रणालीलाई आधुनिकिकरण गर्न ५० प्रतिशत अनुदानमा ३० वटा हाते ट्याक्टर वितरण गरिएको हो । नगरपालिकाको चालु आर्थिक वर्ष बिनियोजित बजेटबाट पावर टिलर, मिनी टिलर, थ्रेसर, ब्रस कटर बितरण गरेको हो ।
त्रियुगा नगरपालिका गाईघाटले विभिन्न वडाका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा पावर टिलर, मिनि टिलर, थ्रेसर, ब्रस कटर गरी ३९ जनालाई वितरण गरेका हुन । कृषिलाई आधुनिकरण गर्ने लक्ष्यका साथ अनुदानको ट्याक्टर २८ जना कृषकलाई र २ वटा कृषक समूहलाई वितरण गरिएको थियो । यसरी बितरण गरिएको मिनि टिलर ९ एचपी, ६ एचपीको रहेको कृषी शाखा प्रमुख नाथुराम चौधरीले बताए । ट्याक्टरको साथै ८ जनालाई थ्रेसर मेसिन र १ जनालाई धान तथा गहुँ काट्ने ब्रस कटर मेसिन वितरण गरेको थियो ।
https://www.facebook.com/1828150850557308/photos/pcb.2239722902733432/2239717966067259/?type=3&__tn__=HH-R&eid=ARCvXy8Yh99o1_Dehd1CAF-g_2-VIDb4Of6VmbgslKyf32mq8srdjJMiOi8aplG55pF9gPnXNipLTH3J&__xts__%5B0%5D=68.ARDynGRznzwpp_20E63WRjE7O_GmbKG1EE49EgHht0Y1CyGeX4qGTsGLifKcqEUuFCrdlly8xC42FKlfS43o7IqT9a5BT_mah_3IzSti3t63j5YfwH3STvCUNaFTIpEnldgm_l2aIznAqyBS7yiYGLvOnOwfKVjhRbHc_seWuWwmI_Mw2xMDnFO6UgsRscdkR64gyv19VMdny0uOTlvmLF9XWLnAnP1uBO1EVo7KKpY4CuAMLkH3_hwCbCL26RRONTXci_Sa4zKK1jli0sqOAcI4wrYRITIzdtVFQgsniXfVdQnHuCdMzY3kfFSYfIHzr4Wa2I1dE1mv_sqYB-jaV3kpU7ss
ब्यवसायिक तथा बेमौसमी तरकारी खेति गर्न कृषक समूहलाई खेत जोत्न, तरकारी फलफूल लगाउनका लागि हाते ट्याक्टर प्रभावकारी हुँदै गएपछि यसको वितरण गरिएको त्रियुगा नगरपालिका कृषि विकास शाखाका प्रमुख नाथुराम चौधरीले जानकारी दिए । उनले कृषिलाई यान्त्रिकरण गर्दै देशको अर्थतन्त्र मजबुत पार्न हाते ट्याक्टरको वितरण गर्दै आएको जानकारी दिए ।
कृषिलाई निबाहामुखि परम्परागत खेति होइन ब्यवसायीक खेति प्रणाली अपनाउनका लागि ट्रयाक्टर वितरण गरिएको हो, त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले बताए । उनले भने ट्याक्टरलाई थन्काएर होइन् प्रयोग गरेर कृषकलाई चाहिने अन्नपात, तरकारी, फलफुल लगायतको उत्पादन गर्न प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए । परम्परागत प्रणालीमा गरिने कृषिलाई अत्य गरि कृषिलाई आधुनिक यान्त्रिकरण गरि ब्यवसायीक कृषि प्रणाली अप्नाएर कृषि क्रान्ति गर्ने उदेश्यले हाते ट्रयाक्टर बितरण गर्न थालिएको नगर प्रमुख चौधरीको भनाई रहेको छ । परम्परागत कृषि प्रणालीलाई रुपान्तरण गर्न सकेनौं भने समृद्धि हासिल गर्न नसकिने भन्दै कृषिबाट राम्रा समृद्धि हासिल गर्न सकिने औल्याए ।
हलो जोतेर गरिने खेतिले उत्पादन राम्रो दिन सक्दैन् त्यसको लागत बढी हुने भएकाले महँगो पर्दछ, कम लागतमा बढी उत्पादन गर्न सकेमा त्यसले प्रतिफल दिने भएकाले कम लागत गर्न यान्त्रिकरण गर्न जरुरी रहेको नगर प्रमुख चौधरीको भनाई रहेको छ । नगरपालिकाले कृषिलाई आधुनिक यान्त्रिकरण गर्दै ब्यवसायीक र बजारीकरण समेत गर्ने लक्ष्य रहेको छ । सोही अनुरुप त्रियुगा नगरपालिकाले त्रियुगा नगरपालिका– १२ बिसनपुरमा १० बिगाहा क्षेत्रफलमा नगर कृषि केन्द्र स्थापना गर्दैछ । केन्द्रमा कृषि सम्बन्धि सम्पूर्ण तालिम तथा थोपा सिचाई देखि हलो जोत्ने मल लगाउने देखि फोहोरबाट अर्गानिक मल उत्पादन गर्ने सम्मको लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । त्यहाँ फोहोरबाट अर्गानिक मलसँगसँगै ग्यास उत्पादन गरि बितरण गर्ने उद्देश्य रहेको नगर प्रमुख चौधरीले बताए ।
नगरपालिकाले चालु आर्थिक वर्षमा नै त्रियुगा नगरपालिका– १३ असारीमा असार १५ गते चाक्लाबन्दी यान्त्रीकरणको माध्यमद्धारा खेति गर्ने तयारी भई रहेको जानकारी दिए । करिब २÷३ सय बिगाहामा चाक्लाबन्दी आधुनिक यान्त्रिकरण खेति गर्न स्थानीय किसानहरुसँग छलफल अघि बढाई सकेको जानकारी दिए ।
जसमा नगरपालिकाले बिऊ बिजन, मेसिन ल्याई दिने अभियानको थालनी गरेकोछौ । चाक्लाबन्दी खेति प्रणालीमा सहकारी वा समुह निर्माण गरि गर्न सकिने त्यसका लागि कम्तिमा १० बिगाहा हुनु पर्ने बताए ।
https://www.facebook.com/1828150850557308/photos/pcb.2239722902733432/2239720116067044/?type=3&__tn__=HH-R&eid=ARC1EUFNVWJq3gdPFSsRkscohQQSA28_M348Bh1Ebb1q_HXRGKb-s778P4TmGBj01RapJ29GvlwqPede&__xts__%5B0%5D=68.ARDynGRznzwpp_20E63WRjE7O_GmbKG1EE49EgHht0Y1CyGeX4qGTsGLifKcqEUuFCrdlly8xC42FKlfS43o7IqT9a5BT_mah_3IzSti3t63j5YfwH3STvCUNaFTIpEnldgm_l2aIznAqyBS7yiYGLvOnOwfKVjhRbHc_seWuWwmI_Mw2xMDnFO6UgsRscdkR64gyv19VMdny0uOTlvmLF9XWLnAnP1uBO1EVo7KKpY4CuAMLkH3_hwCbCL26RRONTXci_Sa4zKK1jli0sqOAcI4wrYRITIzdtVFQgsniXfVdQnHuCdMzY3kfFSYfIHzr4Wa2I1dE1mv_sqYB-jaV3kpU7ss
त्रियुगा नगरपालिका–४ बगाहाका प्रेमबहादुर मगर, पुजा सार्की, सुमनकुमार चौधरी, शारदा बस्नेत, त्रियुगा नगरपालिका–६ जलजलेका राजेश्वरीकुमारी चौधरी, लोकबहादुर खड्का, लोकेन्द्रबहादुर राउत, त्रियुगा नगरपालिका–३ का लिलाभक्त कार्की, त्रियुगा नगरपालिका– १ का खड्कनारायण चौधरी, त्रियुगा नगरपालिका–२ का तारानाथ लुईटेल, त्रियुगा नगरपालिका– ५ का रामचन्द्र चौधरी, त्रियुगा नगरपालिका– १३ का गिता रेग्मी, टेकबहादुर बानिया, लोकबहादुर तामाङ लगायतलाई आधुनिक हाते ट्रयाक्टर प्रदान गरेका छन । त्यसैगरी प्रगतिशिल तरकारी कृषक समुह, जलजला कृषस समुह लगायत आधुनिक हाते ट्रयाक्टर प्रदान गरिएको कृषि शाखा गाईघाटले जानकारी दिए ।
त्रियुगा नगरपालिका भित्रका विभिन्न कृषक समुह र ब्यक्तिगत रुपमा आधुनिक ब्यवसायीक खेति गर्न चाहनेहरुका लागि आवेदन माग गरिएको थियो ।
सो आवेदन माग अनुरुप कृषक तथा समुहको निवेदन परेका मध्ये ३० जनालाई आधुनिक हाते ट्याक्टर वितरण गरिएको हो । कार्यालयका अनुसार प्रति मिनि टिलरलाई १ लाख ५ हजार रुपैया पर्ने आधुनिक हाते ट्रयाक्टर कृषक तथा कृषक समूहलाई ५० प्रतिशत अनुदान छुट गरि प्रति ट्याक्टर ५२ हजार ५ सय लिएर वितरण गरिएको नगरपालिकाले जानकारी दिए । यसरी वितरित आधुनिक मिनि टिलर ट्रयाक्टरले प्रतिघण्टा ६ कठ्ठा जोत्ने र प्रति लिटर ८ कठ्ठा जोत्ने जनायो । चीनमा निर्मित सो आधुनिक ट्रयाक्टर बिगत वर्षमा बितरण गरेको भन्दा परिमार्जित भएर आएको छ । कम्पनीका प्राविधिकहरुले किसानहरुलाई कृषि शाखा कार्यालय उदयपुर परिषरमा नै प्रशिक्षण दिर्दै ट्रयाक्टर चलाउने तरिका तथा प्राविधिक जानकारी दिएका थिए । कम्पनीका प्राविधिक अनुसार यसलाई २५ घण्टा सञ्चालन गरेपछि मोबिल फेर्नु पर्ने जानकारी दिएका थिए । उनले भने, ट्रयाक्टरलाई आवश्यक पर्ने पार्टपुर्जाहरु स्थानीय स्तरमा नै उपलब्ध गराउने र सर्भिस सेन्टर समेत खोल्ने तयारीमा रहेको जानकारी दिए ।
https://www.facebook.com/1828150850557308/photos/pcb.2239722902733432/2239719849400404/?type=3&__tn__=HH-R&eid=ARCfSsHzRt0b6Lme4TaXxRzSse4Fgb2gZAjGPebRGJbIPtfYQXLpN2TFvinvUmyXpfppTypFvnVnBHKk&__xts__%5B0%5D=68.ARDynGRznzwpp_20E63WRjE7O_GmbKG1EE49EgHht0Y1CyGeX4qGTsGLifKcqEUuFCrdlly8xC42FKlfS43o7IqT9a5BT_mah_3IzSti3t63j5YfwH3STvCUNaFTIpEnldgm_l2aIznAqyBS7yiYGLvOnOwfKVjhRbHc_seWuWwmI_Mw2xMDnFO6UgsRscdkR64gyv19VMdny0uOTlvmLF9XWLnAnP1uBO1EVo7KKpY4CuAMLkH3_hwCbCL26RRONTXci_Sa4zKK1jli0sqOAcI4wrYRITIzdtVFQgsniXfVdQnHuCdMzY3kfFSYfIHzr4Wa2I1dE1mv_sqYB-jaV3kpU7ss
त्यसैगरी त्रियुगा नगरपालिकाका नगर उपप्रमुख देवीकुमारी चौधरीले कृषिलाई ब्यवस्थित मर्यादित र आधुनिकीकरण गर्न किसानहरुलाई यान्त्रिकरण उपलब्ध गराएको हो । उनले भने, ‘त्रियुगा नगरपालिकालाई कृषिमा आत्म निर्भर बनाउने उदेश्य अनुरुप हामीले कृषि क्रान्तिको अभियान चलाउन लागेका हौं ।’ यसले गर्दा कृषिमा आधुनिकीकरण हुने छ ।
त्यसैगरी कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख सरोजकान्त अधिकारीले कृषिमा लागत घटाउन कृषिलाई आधुनिकीकरण तथा यान्त्रिकरणको सुरुवात गरेको हो । जसले गर्दा कम लागतमा यहाँ नै धेरै उत्पादन गर्न खोजीएका छौं ।
कम लागतमा उत्पादन गर्न सके बाहिरबाट सस्तो उत्पादन भई आउनेसँग हामी प्रतिस्पर्धा गर्न सक्छौं । सरकारले किसानलाई प्रबिधिमैत्री बनाउन यान्त्रिकरण उपलब्ध गराएको हो । प्रबिधिमा फड्को मार्न सके कम लागतमा धेरै उत्पादन लिन सकिन्थ्यो ।
हामीले इजरायली प्रबिधिमा जोड दिएकाछौं । प्रबिधिसँगसँगै अर्गानिक उत्पादनमा जोड दिनु पर्ने अधिकारीको भनाई रहेको थियो । उनले भने, प्रबिधिलाई सिकेर अध्यायन गरेर चलाउन आग्रह गरे ।
https://www.facebook.com/permalink.php?story_fbid=2239722902733432&id=1828150850557308









