राजेन्द्र महतो, लहान । नबगठित जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले पहिलो पटक जनसभा सिरहाको रामनगर मिर्चैयामा गर्ने भएको छ । जनसभाको तयारीको प्रचार प्रसार सुरु गर्दै मिर्चैयाको मोहन उच्च माध्यमिक विद्यालयको प्राङ्गनमा चैत्र ३० गते शनिबार बृहत्त जनसभा गर्न लागेको हो ।
पार्टी संयोजक राउतले सम्बोधन गर्ने उक्त जनसभामा मधेसको सबै जिल्लाबाट नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा सहभागिता रहने पार्टी स्रोतले जनाएको छ । नेपाल सरकार र सिके राउत विच ११ बुँदे सहमतिपछि सिरहाको लहानमा दुई दिनसम्म बैठक जारी गरी राउतले जनमत पार्टी गठन गरेको थियो । उक्त पार्टी गठनसँगै मधेशका प्रत्येक जिल्लामा जनसभा गर्ने निर्णय पनि गरेको थियो । अहिले उक्त पार्टीका अगुवा जिल्लाका नेताहरु सदस्यता विस्तारमा जोडतोडका साथ लागेका छन् । सरकारसँग सम्झौता गरेपछि स्वतन्त्र मधेसको नारा छाडेर ‘जनमत दो, आजादी लो’ नारा लिएर अघि बढेको छ ।
नवगडित पार्टीले मधेसमा १० लाख सदस्य बनाउँछ र एकसाथ सबैलाई जनसभामा उतारेर मधेश देश अलग हुने घोषणा गर्ने राउतको योजना रहेको एक स्रोतले बताएको छ ।









