फाइल तस्विर

उदयपुर । पूर्वराजा ज्ञानेन्द्र शाहको बुधबारबाट हुने भनिएको तराईका जिल्ला भ्रमण स्थगित भएको छ । मध्य तराईमा व्यक्तिगत तथा धार्मिक भ्रमणमा निस्कन लाग्नु भएका पुर्व राजा ज्ञानेन्द्र शाहले उदयपुरमा फागुन २५ गते राधाकृष्ण मन्दिरमा धार्मिक पुजापाठ गर्ने कार्यक्रम रहेको पुजा अर्चना गर्ने कार्यक्रम तय भएको थियो ।
आमा पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी शाहको स्वास्थ्य अवस्था बिग्रिएर अस्पताल भर्ना भएपछि पूर्वराजा ज्ञानेन्द्रले भ्रमण स्थगित गरेका हुन् ।
यात्रा अर्को सूचना जारी नभएसम्मका लागि भ्रमण स्थगित गरिएको पूर्वराजाको सचिवालयले जनाएको छ । ९१ वर्षकी रत्नको स्वास्थ्य अवस्था बिग्रिएपछि मंगलबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
पूर्व राजा ज्ञानेन्द्र शाहबाहेक राजपरिवारका सदस्यहरु सबै अस्पताल मंगलबारै पुगेका छन् । उहाँलाई छातीको खराबी र कफ जम्ने समस्या तथा डायरिया र पिसाब कम भएकाले अस्पताल भर्नागरिएको अस्पतालले जनाएको छ ।
ज्ञानेन्द्रले बुधबारदेखि जनकपुर केन्द्र बनाएर प्रदेश नम्बर २ का धनुषा, सर्लाही र सप्तरी र उदयपुरका जिल्लाहरुमा अवस्थित देवी देवताका मठ मन्दिर तथा शक्तिपीठको दर्शन गर्ने कार्यक्रम तय भएको थियो ।

यस्तै राप्रपा संयुक्तका सहमहामन्त्री धुर्व रायमाझीले फेसबुक स्टाट्स लेखि अर्को सूचना नआएसम्मको लागि उदयपुरको भ्रमण स्थगित भएको जनाएको छ ।
हेर्नुस् राप्रपा संयुक्तका सहमहामन्त्री धुर्व रायमाझीको फेसबुक स्टाट्स

https://www.facebook.com/permalink.php?story_fbid=2336536736580655&id=100006730531767

तपाईको प्रतिक्रिया