उदयपुर- सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल गाईघाटले २ जना स्वास्थ्यकर्मी, औषधि र राहत सहितको टोली बाढी प्रभावित क्षेत्रमा पठाइएको छ । हस्पिटल संचालनमा आएको करिव डेढ महिनामै सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख ९३ हजार पाँच सय ३७ रुपैया बराबरको २४ कार्टुन औषधि र राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाएको हो ।
रसुवामा एक्कासी आएको बाढीले ठूलो विपत्ती सिर्जना गरेकोले शनिबार सगरमाथा मल्टिस्पेशालिटी हस्पिटलका स्वास्थ्यकर्मी नविन पोखरेल र दिपेन्द्र तामाङ सहित औषधि र राहत सामग्री बोकेको गाडीलाई हस्पिटल परिवारले विदाई गरेको थियो ।
रसुवामा एक्कासी आएको बाढीले ठूलो विपत्ती सिर्जना गरेकोले सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल गाईघाटले उपचारको लागि अति आवश्यक विभिन्न प्रकारका १ लाख ३८ हजार पाँच सय ३७ रुपैया बराबरको २४ कार्टुन औषधि र ५५ हजार बराबरको खाद्यन्न चामल, दाल, नुन, तेल, चिउरा, भुजा, मसौरा, खानेपानीको कार्टुन सहित ब्रथ, टुथपेस्ट, साबुन लगायतको सामग्री पठाएको हस्पिटल संचालक गुनदेव चौधरीले जानकारी दिए ।
विपद्ले धेरै कुरा खोसेको होला, तर हामी सबै मिलेर उनीहरूको आशा र हिम्मत भने जोगाउन सक्छौँ भन्ने उद्देश्यले औषधि र राहत सामग्री पठाएका अर्का संचालक कपिल सुवेदीले बताए ।
बाढी प्रभावित क्षेत्रमा पुगेको सो राहत सामग्री तथा औषधिहरु श्री नं. १ सैन्य तालिम केन्द्र, मैथली शिविर, त्रिशुलीले बुझेर भपाई पठाएको हस्पिटलका म्यानेजिङ डाइरेक्टर होममनी चौधरीले जानकारी दिए ।
हामी टाढा छौँ, तर हाम्रो मन नेपाली हो । घरबार गुमाएका, आफन्त गुमाएका र कठिन परिस्थितिमा रहेका परिवारहरूको पीडामा सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल परिवारले मानवताको भावनासहित सहयोगको हात अघि बढाएको म्यानेजिङ डाइरेक्टर होममनीले बताए । उनले भने, सेवा भाव र मानवको नातले बाढी प्रभावित क्षेत्रका लागि नुवाकोटमा आपत्कालीन राहत सामग्री पठाइएका छौ ।
हस्पिटलले हाल विशेषज्ञ सेवा सहित २४ घण्टा आकस्मिक उपचार सेवा, २४ घण्टा फार्मेसी सेवा, आईसियु, एनआईसियु, जनरल वार्ड, प्राइभेट वार्ड, आधुनिक शल्यक्रिया कक्ष, डेलीभरी वार्ड सञ्चालनमा रहेको छ । ओ.पि.डी, आइ.पि.डी. सेवा सहित अत्याधुनिक ल्याव, एक्सरे, भिडियो एक्सरे, इन्डोस्कोपी, ल्याप्रोस्कोपी रहेका छन् । ओडी स्क्यान भिडियो एक्सरे (नयाँ प्रविधिको एआई प्रविधिको भिडियो एक्सरे सेवा) संचालनमा रहेको छ भने भिडियो एक्सरे गरेको पाँच मिनेट भित्रै रिपोर्ट दिने मेसिन जडान गरिएको छ ।
जेनेरल फिजिसियन, बाल रोग विशेषज्ञ, इन्डोग्राइनो सेवा (सुगर, थाइराइड, निमुनिाय जस्ता) रोग विशेषज्ञ, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ, महिला तथा स्त्री रोग विशेषज्ञ, छाला तथा यौन रोग विशेषज्ञ सेवा संचालनमा रहेको छ भने निकट भविष्यमा मृगौला रोगको डाइलासिस सेवा र सिटी स्क्यान सेवा पनि संचालनमा ल्याउने संचालक कपिल सुवेदीले जानकारी दिनुभयो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले ७० देखि ८० वर्षसम्मका अशक्त, वृद्धवृद्धा, अपाङ्गलाई ओपिडी तथा वेड चार्जमा ५० प्रतिशत छुट दिईएको छ भने ८० वर्षमाथिका वृद्ध, वृद्धा, अपाङ्गलाई ओपिडी चार्ज एक सय र वेड चार्ज निःशुल्क रहने छ । ल्याबमा २० प्रतिशतसम्म र औषधिमा १० प्रतिशत छुट दिईएको छ ।
शहीद परिवार, पूर्व राष्ट्रसेवक कर्मचारी, पूर्व नेपाली सेना, पूर्व नेपाल प्रहरी तथा जनआन्दोलनका घाइते तथा पत्रकारहरूलाई बेड भर्ना शुल्कमा ५० प्रतिशत र प्रयोगशाला (ल्याब) सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।









