उदयपुर । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० विरुद्ध निजी विद्यालय सञ्चालकहरुले आन्दोलन घोषणा गरेका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदै प्याब्सन र एन प्याब्सन उदयपुरले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् ।
विहिबारबार पत्रकार सम्मेलन गर्दै उनीहरूले विहिबारै पालिका/जिल्ला प्रशासन कार्यालय/शिक्षा विकास तथा समान्वय इकाइ/जिल्ला समन्वय समिति उदयपुरमा ज्ञापनपत्र बुझाएका छन् ।

१ भदौमा अनिश्चितकालीन विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरु सार्वजनिकस्थलमा पार्किङ गर्ने घोषणा पत्रकार सम्मेलनमा गरेका छन् ।
विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्न खोजिएको उनीहरूले बताएका छन् ।

विधेयक निजी लगानी तथा व्यवस्थापनमा सञ्चालन भएका शैक्षिक प्रतिष्ठानहरुको अस्तित्व नामेट पर्ने उद्देश्यबाट अभिप्रेरित भएको जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

प्याव्सन उदयपुरको अध्यक्ष प्रकाश वस्नेतले मन्त्रीपरिषदले पारित गरको उक्त निर्णय तत्काल फिर्ता नगरे भदौ १ बाटो अनिश्चितकालिन विद्यालय वन्दको चेतावनी समेत दिईएको छ । कम्पनीको विद्यालयलाई गुँठीमा परिणत गर्नु पर्ने सरकारको बिधेयक निर्णयमा निजी विद्यालयले आपत्ति जनाउँदै आएको अध्यक्ष वस्नेतले जनाए ।

योँ सँगै छात्राबृत्ति व्यवस्थापन, विद्यालय व्यवस्थापन निति, शिक्षा सँग सम्बन्धित समिति उपसमिति लगायत बुद्दाहरुमा विमती रहेको अध्यक्ष बस्नेतले जनाए ।
निजी विद्यालयहरु मास्ने तर्फ सरकार लागि परेको आरोप लगाउँदै उनिहरु यसको विरुद्धमा कडाईका साथ उत्रिने जनाएको छ ।

निजी विद्यालयले सरकारलाई गरेको योगदानलाई नहेरी एकतर्फि निर्णय र विधेयकले विद्यार्थी, शिक्षक, सरकार सबैलाई नै अवसर पर्ने जनाएको छ । नेशनल प्याव्सन उदयपुर जिल्लाका अध्यक्ष सुमन चौधरीले निजी विद्यालयको माग व्यवस्था गरे भदौ १ बाट आन्दोलनमा उत्रिने जनाएको छ । विद्यालयको भौतिक साधन सबै सडकमा उतारेर आन्दोलनमा होमिने अध्यक्ष चौधरीको भनाई छ । त्यसको क्षती पूर्ति र निजी विद्यालयको सम्पूर्ण सम्पत्तिको जिम्मेवारी सरकारले नै लिनु पर्ने समेत चेतावनी दिईएको छ ।

उदयपुरमा प्याबसन र एनप्याबसन गरी ११० बढी विद्यालय आवद्ध छ । निजी विद्यालयमा करिव २२ हजार बढी विद्यार्थी अध्ययनरत छन भने ४ हजार बढी शिक्षक कर्मचारीहरु आवद्ध छन् ।

तपाईको प्रतिक्रिया