उदयपुर । सामुदायिक वन उपभोक्ता महासंघ उदयपुर प्रति बेलका नगरपालिका अन्तर्गतका अधिकांश वन समूहहरुले असन्तुष्टी जनाएको छ । बेलका नगरपालिका अन्तर्गत रहेका ५२ सामुदायिक वन उपभोक्त समितिहरु मध्ये ३२ बढी समूहका पदाधिकारीहरुले एक विज्ञप्तीमार्फत सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरप्रति असन्तुष्टी जनाएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा उदयपुरको बैशाख २४ गतेका लागि बेलका नगर स्तरीय सामुदायिक उपभोक्ता महासंघका तर्फबाट अवैधरुपमा प्रतिनिधि छनोट भएको बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएर र आपत्ति रहेको विज्ञप्तीमा जनाएको छ ।
बेलका नगर स्तरीय वन उपभोक्ता महासंघको गत चैत्र ३० गते भएको अधिबेशनमा नेतृत्व चयनका बिषयमा समझदारी बन्न नसकेको र लोकतान्त्रिक विधि र प्रक्रिया मार्फत नेतृत्व चयनका सन्दर्भमा समेत वेवास्ता गरि हामी सबैको सहमतिमा नेतृत्व चयनको बिषयलाई पछि टुङ्ग्याने गरि अधिबेशन स्थगित भएको विज्ञप्तीमा जनाएको छ ।

अधिवेशन स्थगित भएकोमा एकाएक जिल्ला महासंघको अधिबेशनको लागि केही ब्यक्तिहरुले आफनै मनोमानी ढंगबाट एकलौटी प्रतिनिधि छ्नौट गरि अवैध प्रतिनिधि बनाएकोले उक्त कार्यको घोर भत्सर्ना गर्दै हामी सम्बन्धित पक्षले उक्त अवैधानिक प्रतिनिधिलाई मान्यता नदिन र यस बेलका नगर स्तरीय सामुदायिक वन उपभोक्ता समुह महासंघको अवैध प्रतिनिधिलाई कुनै अधिबेशनको प्रतिनिधिका रुपमा सहभागीता नगराउन हुन अपिल गरेको विज्ञप्तीमा जनाएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ र निर्वाचन मण्डलले अवैध तरिकाले बैशाख २४ गते बेलका नगर स्तरीय सामुदायिक वन महासंघमा पुनः दोश्रो कार्यकालको लागि अध्यक्षमा मनोज तामाङलाई घोषणा गरेको प्रति बेलकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरुले विरोध जनाएको छ । जाल्पादेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिराजंग राई र सप्तकोशी बेलका सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष महाप्रसाद ढकाल बेलका नगर स्तरीयर सामुदायिक वन उपभोक्ता महासंघका लागि अध्यक्षको प्रत्यासी उम्मेदबारहरुलाई निर्वाचन मण्डलले मन्छाएर मनोज तामाङलाई अध्यक्ष बनाएपछि बहुमत सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारुहरुले विरोध जनाएको छ ।

तपाईको प्रतिक्रिया